विपदमा नेपाली सेनाको साथले कर्णालीबासी उत्साहित

  ।   २ श्रावण २०७८, शनिबार १७:१५

जुम्ला पातारासी गाउँपालिका ४ का १२ बर्षिय अबि बुढाको शरीरमा रगतको मात्रा निकै कम देखियो । उनलाई ‘ओ’ पोजेटिभ रगतको आवश्यक थियो । । तर उनी ग्रामिण क्षेत्रको भएकोले रगत कहाँ पाइन्छ भन्ने बारेमा कुनै जानकारी थिएन । उनी रगत खोज्न अबिको परिवारले निकै तनाव बेहोर्नु परिरहेको थियो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रगतको लागि जिल्ला स्थित नन्दबक्स गणलाई लिखित आग्रह गर्यो । कोभिड प्रोटोकललाई पुर्ण पालना गर्दै सुरक्षाको जिम्मेवारीको व्यवस्था गरेर गणले रगतदान गर्न सिपाइ बसन्त घिमिरेलाई पठायो । रगत अभावले अस्पतालको बेडमा छटपटिरहेका अबि निको भएर घर फर्किए । उनले भने,‘नेपाली सेनाले ज्यान बच्यो । सेना त सुरक्षाका लागि मात्रै रहेनछ, ज्यानको सुरक्षाका लागि आवश्यक पर्ने ब्लड बैंक नै रहेछ । ’
गत बैशाख १९ गते जुम्ला हिमा गाउँपालिका ५ का २ बर्षिय आयुस शाही आगोले पोलिए । परिवारले उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याए । आयुसको शरीरमा रगत निकै कम थियो । उनलाई ‘एबी’ पोजेटिभ रगत चाहिएको थियो । रगतको लागि आयुसको परिवारले सबैतिर पहल थाले । संभव कतै पनि भएन । उपचारका लागि रगत नभेटिदा आफन्तजन निराश थिए ।
परिवारले रगतको जोहो गर्न नसक्ने ठानेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नन्दबक्स गणलाई लिखित पत्र पठाएर रक्तदानको लागि अनुरोध गर्यो । गणका सिपाही दिपक नेपाली गएर रगतदान गरेर बिरामी २ बर्षको आयुस निको भएर घर फर्किए । परिवारले भने,‘कठिन अवस्थामा चाहिने नेपाली सेना नै रहेछ । सेना सिमा सुरक्षा र देशको सुरक्षाका लागि मात्रै रहेनछ, आवश्यक परेको बेला अस्पतालमा मृत्युको पखाईमा रहेको बिरामीको लागि भगवान नै रहेछ । सेना नै संकटको साहरा, सेना नै असल साथी भएको प्रमाणित भयो । ’
नेपाली सेनाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न आउने कर्णालीका हुम्ला,डोल्पा,कालिकोट र मुगु जिल्लाका बिरामीलाई पनि रक्तदान गर्दै आइराखेको छ । नन्दबक्स गणका गणपति दिवाकर रायमाझी सेनाले जटिल प्रकारका २७ जना बिरामीको ज्यान बचाएको बताए । उनले भने,‘ती बिरामी मध्ये कुनैलाई तीन प्वाइन्ट सम्म रगत दिनु परेको थियो । ’
उनले भने,‘बिरामीको अवस्था जटिल छ । रगत अति आवश्यक नै छ, भने खबर पाउने वित्तिकै मिल्ने रगत गु्रपको व्यक्ति पठाइहाल्छौँ । रगत दिएर ज्यान बचाउने कुरामा ढिलासुस्ती हुदैन् । ’जुम्लामा सेनालाई ब्लड बैंकमा रुपमा हेरिने गरिएको छ । कसैकसैले त दुर्गमका बिरामीको प्राण नै सम्झन्छन् । सेनालाई ब्लड बैंकको प्रर्यायबाचीको रुपमा स्थानीयले हरेका छन ।
गणपति रायमाझीले दुई बर्ष ६ महिनामा मृत्यु संग छटपटाइरहेका २७ जनाको ज्यान बचाउनु उपलब्धिपुर्ण भएको प्रतिक्रिया दिए । उनले भने,‘समयमै नेपाली सेनाको गणमा सम्पर्क गरेको खण्डमा ब्लडको कुनै अभाव झेल्नु पर्दैन । प्रतिष्ठानले पठाउने चिठिका कारणले ज्यान जोखिममा राख्नु पर्दैन । चिठ्ठी आउँदै गर्छ । बिरामीलाई रगत दिन पठाइहाल्छौँ । ’ सेना सन्तान पनि हो । मलामी पनि हो भन्ने मान्यता समाजमा स्थापित हुन थालिसकेको छ ।
नेपाली सेनाले रगत अभावमा छटपटाइरहेका बिरामीको लागि रगतको व्यवस्था मात्र गरिरहेको छैन । महाविपत्तीमा समेत असल साथीको भुमिका निर्वाह गरेको छ । जुम्लामा एक नगरपालिका सहित ७ वटा स्थानीयतहमा विपद प्रकोप व्यवस्थापन तालिम प्रदान गरेको छ । विपदका घटनाको पहिचान र प्रतिकार्यका लागि आवश्यक सामाग्री सहित डेमो प्रर्दशन गरिरहेको छ । जिल्लाको २५ ठाउँमा लागेको आगो नियन्त्रणमा लिनको लागि सेनाको योगदान निकै स्मरणीय रह्यो । पहिरोमा परेको उद्धार देखि मौसम अनुसारको प्रतिकार्य योजना निर्माणमा सहभागि बन्यो । उनले भने,‘विपद कसैलाई सोधेर नआउने भएकोले विपद पुर्वतयारीका लागि जनतालाई सचेत पार्ने काम गरियो । जसले गर्दा क्षति न्युनिकरणमा सहयोग पुगेको छ । मानवीय क्षेति निकै कम हुने गरेको छ । उद्धार देखि विपद रोगथामका क्रियाकलापमा जनता आफै संलग्न हुने गरेका छन । यो विशेष उपलब्धि हो । ’
विद्यालय भवन निर्माण,खेलमैदान निर्माण,समुदायको माग अनुसारका विकासे कार्यमा समेत सेना सहभागि हुने गरेको छ । कोभिड १९ महामारीका कारण अस्पताल सम्म पुग्न नसकेका जिल्लाको गुठिचौर गाउँपालिका ३ र हिमा गाउँपालिका ५ मा स्वास्थ्य शिविर चलायो । जसले लामो समय सम्म रोगपालेर बसेका बिरामीले गाउँमै विशेषज्ञ चिकित्सकद्धारा उपचार सुविधा प्राप्त गरे ।
कोरोना महाविपत्तीमा क्वारेन्टिन,आइसोलेसन निर्माण देखि सुरक्षा सम्मको सबै जिम्मेवारी नेपाली सेनाले लिएको थियो । जसको कारणले गर्दा नेपाली सेना सबैको भरोसा बन्यो । सेनाको जनमैत्री कामले सर्वसाधारण नागरिकले सेनाका हरेक क्रियाकलापमा चासो राख्न थाले । गुनासो गर्न थाले गुनासो संवोधनका लागि आग्रह गर्न थाले ।
कारागार, विमानस्थल र कोभिड संक्रमितको शव व्यवस्थापनमा खटिएका थियो । ब्यारेक भित्रको सुन्दरताको लागि स्याउ,ओखरका बिरुवा रोप्न थालियो । जसले जुम्लाको कृषि क्षेत्रलाई प्रोत्साहित गरेको छ । रक्तदान गर्ने,सचेतना फैलाउने, नेपाली सेनाका कामका बारेमा निर्माण भएका बृत्तचित्र देखाउने र नेपाली सेनाको सेवा केहो ? कसरी काम गर्छ ? सेना जनताको रक्षाका लागि हो भन्ने अनुभुति गर्न थालेका छन । सेनाले गरेको कामले सेनामा भर्ना हुने युवामा जोश जागर पैदा हुन थालेको छ ।
अहिले स्थानीय उत्पादन सेनाले सुर्खेतमा चलाएको सुपथ मुल्यको क्यान्टिनमा पठाउने गरेको छ । यहाँबाट किसानले उत्पादन गरेको कृषिबस्तु पठाउँछौँ । किसान संग समन्वय गर्छौ । गणपति रायमाझीले भने,‘स्थानीय उत्पादनमा किसानको आकर्षण बढेको छ । बजारीकरणमा समस्या हुदैँन । ’बजार नपाएर घरमै थन्किने र बिचौलियाको मार खेप्नु पर्ने बाध्यता घट्यो ।
सेना संग जनताको अन्र्तक्रिया बढेको छ । सेना संकटमा भरोसा बनेको छ । सेना देख्ने वित्तिकै डराउनु पर्ने अवस्थाको अन्त्य भएको छ । रायमाझीले भने,‘सेना र नागरिक सम्बन्ध सुमधुर बनेको छ । नागरिकले आफ्ना समस्या सहजै रुपमा राख्न सक्छन । यही हो मुख्य उपलब्धि । ’ बालबालिका देखि बृद्धबृद्धा सम्मले सेनालाई भरोसा ठान्छन । जुम्लामा नेपाली सेनाका नन्दबक्स गण र श्री नम्बर २४ बाहिनी अड्डा छन । सेना अफ्ठारोमा परेका भुतपुर्व सैनिक परिवारको सुखदुखको साथी बनेकोछ ।

Next Post

कर्णाली सरकारको बजेट कार्यान्वयन ६५ प्रतिशत

२ श्रावण २०७८, शनिबार १७:१५
सुर्खेत : आर्थिक वर्ष २०७७/०७८ मा प्रदेश सरकारले कुल बजेटको ६५ प्रतिशत मात्रै बजेट खर्च गरेको छ। कुल ३३ अर्ब ७४ करोड १३ लाख मध्ये सरकारले २१ अर्ब ९६ करोड दुई लाख बजेट मात्रै खर्च गरेको हो। बाँकी ११ अर्ब ७८ करोड ११ लाख अर्थात ३५ प्रतिशत बजेट भने फ्रिज गएको […]