दैलेखमा झगडा उग्र बन्दै चक्कु प्रहार, दुई जना घाइते

स्यानु उपाध्याय।

दैलेख जिल्लाको ठाँटिकाँध गाउँपालिका–६ ओखलढुङ्गा बजारमा सामान्य विवादले उग्र रूप लिँदा चक्कु प्रहारको घटना भएको छ।

घटनामा दुई जना घाइते भएका छन्।
स्थानीयका अनुसार दुई पक्षबीच भएको विवाद बढ्दै जाँदा झगडा छुट्याउन पुगेका एक व्यक्तिसमेत घाइते भएका हुन्। सोही क्रममा एक जनाले चक्कु प्रहार गर्दा दुवै जनालाई चोट लागेको बताइएको छ।

घाइतेहरूलाई नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि भर्ना गरिएको छ र उनीहरूको अवस्था मध्यम रहेको जनाइएको छ।
घटनापछि चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको छ। प्रहरीले आरोपीको खोजी तीव्र बनाएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

 

सम्बन्धित शीर्षक