जुम्लाको बर्षपाक लाइनका पसलमा अनुगमन

लक्ष्मी न्याैपाने
जुम्ला
जुम्लाको बजार क्षेत्रको बर्षपाक लाइनमा रहेका विभिन्न पसलहरूको बजार अनुगमन गरिएको छ । उपभोक्ताको अधिकार सुरक्षित गर्न तथा मिति सकिएको सामान बिक्री वितरणमा रोक लगाउने उद्देश्यले अनुगमन गरिएको हो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका अनुसार तातोपानी तिला गाउँपालिका लगायतका क्षेत्रमा रहेका साना पसलहरूमा सामान बर्षपाक लाइनका ठुला पसलबाट जाने भएकाले सो क्षेत्रका पसलहरूलाई लक्षित गरी अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा बर्षपाक लाइनमा रहेका रबि जनरल स्टाेर जुम्ला चकलेट २डिबा ७सय बराबरको समान जफत गरि जलाएर नष्ट गरेको छ।साथै रावल जनरल स्टाेर जनरल स्टोर, यान्जल खुद्रा पसल, सन्दिप जनरल स्टाेर एन्ड सप्लायर्स , चुलाेचाैकाे हाेटल एन्ड रेष्टुरेन्ट ,आशिक जनरल स्टाेर कप केक एक डिबा ,४६० मूल्य बरामत दिलिप जनरल स्टाेर ,कान्तिपुर हाेटल एन्ड रेष्टुरेन्ट, मणि क्याफे बि .एन्ड सिह सप्लायर्स भुजा २प्याकेट १०० रूपैया गरि १२सय ६०रूपैया बराबरको सामान बरामत गरेर नष्ट गरेको सगै ,राेशनि स्टाेर एन्ड सप्लायर्स पसलको निरीक्षण गरिएको थियो । यस्तै अनुगमनका क्रममा मिति सकिएका सामान तत्काल जफत गरि पनि जिल्ला प्रशासन कार्यालयमा लगेर जलाउने काम गरेको थियोे। गराउने काम गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख मन्दिरनाथ योगीले बताउनु भयो ।
उहाँका अनुसार अर्को पटक अनुगमनका क्रममा मिति सकिएको सामान भेटिए कानुन अनुसार कारबाही गरिने छ । त्यस्तै, व्यवसाय सञ्चालन गर्दा पसल दर्ताको प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र तथा प्यान नम्बर अनिवार्य रूपमा राख्न व्यवसायीहरूलाई अनुरोध गरिएको छ । बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका ,आन्तरिक राज्श्व कार्यालय जुम्ला प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको अगुवाइमा अनुगमन गरिएको हो ।

सम्बन्धित शीर्षक