स्यानु उपाध्याय
जुम्ला। जुम्ला बहुमुखी क्याम्पस जुम्लामा प्रथम स्ववियु कप हुने भएको छ जिल्लाको जुम्ला बहुमुखी क्याम्पस जुम्लामा वैशाख ९ गतेदेखि १२ गतेसम्म प्रथम स्ववियु कप सञ्चालन हुने भएको हो।
सोही कार्यक्रम २०८२ साल चैत २२ गते आइतबारका दिन बिहान ९ बजे पत्रकार सम्मेलनमार्फत स्ववियु कप हुनेछ भन्ने विषयमा छलफल कार्य सम्पन्न भएको हो भनी स्वतन्त्र विद्यार्थी युनियन जुम्ला बहुमुखी क्याम्पसका सभापति लोकेन्द्र बुढाले जानकारी दिएका छन्। उनका अनुसार ; उक्त छलफलमा खुल्ला प्रथम स्ववियु कपमा प्रथमलाई १ लाख १ हजार १०१ रूपैयाँ रहेको छ। द्वितीयलाई ५१ हजार १०१ रुपैयाँ रहेको छ। टिम दर्ता रु १० हजार लाग्ने छ यो खेल जिल्लाभरिका विभिन्न ठाउँबाट प्रतिनिधित्व गरी खेल्न पाइनेछ।
उक्त खेलमा स्ववियु पदाधिकारीको आफ्नो आफ्नो जिम्मेवारी बाँडफाँड गरेका छन् जसमा व्यवस्थापनको जिम्मेवारी स्ववियु सचिव दत्तराज रावतको रहेको छ
प्रचारप्रसारमा स्वतन्त्र विद्यार्थी युनियन जुम्ला बहुमुखी क्याम्पसका सहसचिव धनराज बुढा स्ववियु का उपसभापति विक्रम तिरुवाको रहेको छ त्यस्तै अतिथि संस्कारमा स्ववियु कोषाध्यक्ष बिनबहादुर रावत र सुर्जा रावत ईश्वर आचार्य भोलेन्टियरतर्फ ईश्वर खत्री र टोपबहादुर बोहरा। र मञ्च व्यवस्थापनमा ईश्वर खत्रीलाई जिम्मेवारी दिएको छ।
त्यस्तै विभिन्न कार्यहरूमा स्वतन्त्र विद्यार्थी युनियन को टोली हातेमालो गरी स्ववियु कपलाई भव्य र साथ बनाउ तपाईँ हाम्रो भूमिका रहेको छ भनी स्वतन्त्र विद्यार्थी युनियन जुम्ला बहुमुखी क्याम्पसका प्रतिनिधिहरूको भनाइ छ।














