जुम्लामा प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा पत्रकार टोली विजयी

जुम्ला। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) जुम्लाको आयोजनामा प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेल जुम्ला बहुमुखी क्याम्पसका कर्मचारी र पत्रकार टोलीबीच मैत्रीपूर्ण रूपमा सम्पन्न भएको थियो।

उद्घाटन खेलमा पत्रकार टोलीले उत्कृष्ट प्रदर्शन गर्दै क्याम्पस कर्मचारी टोलीलाई सोझो दुई सेटमा पराजित गरेको छ। स्ववियु सभापति लोकेन्द्र बुढाका अनुसार प्रतियोगितामा कुल ९ वटा टोली सहभागी रहेका छन्।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख १ हजार १ सय १ रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले ५१ हजार १ सय १ रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र हात पार्नेछ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख राजुसिंह कठायतले खेलकुदले मानिसलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। साथै, उहाँले प्रतियोगितालाई अनुशासित, व्यवस्थित र मर्यादित ढंगले सञ्चालन गर्न आयोजकलाई आग्रह गर्नुभयो।

सम्बन्धित शीर्षक