व्यवस्था बदलिए पनि अबस्था उहि –(इन्जिनियरिङ बिधार्थी रोशन रावल)

चलचित्र प्रकाश

  ।   १४ भाद्र २०७९, मंगलवार ०८:२४

चलचित्र प्रकाश

कथाको सुरुवाति दृश्य हरु माओवादी जनयुद्ध समाप्त पछिका सुरूवाति दिनहरु देखिन्छन। चलचित्रको सुरुवात संगसंगै दर्शक हरुमा एउटा जिज्ञासा मा सल्बलाउछ, के प्रकाश को अँध्यारो जिन्दगी मा प्रकाश आउला? र अरु थप केहि संसयका साथ कथा अघि बढ्छ। जस्तोकि – के जनयुद्ध कालिन समयमा हरायका प्रकाश का बुबा फिर्ता आउलान? के साच्चिकै गरिब दिन दुखि, को लागि लोकतन्त्र, गणतन्त्र आयको छ त? के जनताको जिबनस्तर मा साच्चिकै परिबर्तन आयको छ? यो चलचित्रको नाम को नामाकरण म मार्फत हुन्थ्यो भने प्रकाश होइन अँध्यारो राख्थे। सायद प्रकाश नाम यस फिल्मको अदृश्य व्यङ्ग्य हुन सक्छ। एउटा स्थायी शिक्षक बन्न कसरत गरिरहेको एक युवा लाइ उ बाचेको समाज ले( विशेषतः राजनैतिक हस्तक्षेप) कति निरुत्साहित गर्छ ? उसले कस्ता परिस्थितिको सामना गर्नु पर्छ? एउटा एक्लि आमाले छोराको लागि कति हद सम्म संघर्ष गर्छिन् ? यस्को जबाफ दिदै शनैः शनैः कथा अगाडी बढेको छ।धेरै दर्शकहरुले कर्णालिको दुख मात्र देख्न सक्छन, तर दुख देखाउन अभिनय गरेका पात्र हरुको पर्दा पछाडि गरेको दुख कम मात्र दर्शकले देख्छन। हरेक पात्रहरुको भुमिका जिवन्त लाग्छ। कुनै पात्र हरुको भुमिका उपर प्रश्न उठाउने ठाउ छैन।त्यसैले हामि लाइ प्रशन्न बनाउन सफल भएका छन। यसमा निर्देशक र सम्बन्धित पात्र लाइ धन्यवाद दिन हामिले कञ्जुस्याई गर्नु हुदैन।यदि प्रशंसा गरेनौ भने उनि प्रति अन्याय हुन जान्छ। अब प्रदिप खड्का “प्रकाश“ र दिया मास्के “सिता“ को रुपमा दर्शक को मस्तिष्क लामो समय सम्म जीवाशेष जस्तै अमिट छाप भयर बसिरहने छन। हरेक पात्र हरु संग भावानात्मक रुपमा गासिएको जस्तो अनुभुती भैरहेको छ।समग्रमा हेर्ने मान्छे हरुले कर्णाली को दुख मात्र देख्छन तर यो त हरेक मध्यम वर्गिय परिवार मा हुर्कदै गरेको युवाको संघर्ष हो, भलै परिवेश, पृष्ठभुमि फरक होलान। ब्याबस्था परिबर्तन भयपनि जनताका अबस्था परिबर्तन भयको छैन भन्ने तितो सत्य उजागर पो गरिएको छ।यो चलचित्र त समग्र नेपालको राजनीतिक प्रतिको कुटिल व्यङ्ग्य हो। राजनितिज्ञ हरु एउटा संघर्षशिल युवा जस्को पहुँच छैन उसलाइ सहज हैन झन अप्ठ्यारो मा फसाउन उद्दत हुन्छन भनेर देखाइएको तितो सत्य हो। लाग्छ धेरै नेतृत्व लाइ यि दृश्य हरु ले घोच्न सक्छ, उनि हरुलाइ पचाउन हैरान हुन सक्छ। जनयुद्ध सकिसके पछि का जनयुद्ध पिडित को हाल बारे देखाउन पनि फिल्म चुकेको छैन। बर्षौ देखि चल्दै आयको छुवाछुत प्रथा त झन मज्जा ढङ्गले पर्दा मा उतारिएको छ।
पात्र हरुः
यस चलचित्रका का पात्र हरु इमान्दार,गरिब, आदर्शवान, शोषक सामन्ति, ढुलमुले चरित्रका देखिन्छन। यि सबै हाम्रै समाजका चरित्र, प्रवृति झल्काउन सफल राख्छन। सम्भवतः मैले हेरेका थोरै फिल्म होलान जस्का धेरै पात्र हरु बलिया लागेका छन।यो तिनै चलचित्र मा समावेश भएको छ।पात्र हरुका बिच परिवेश अनुसार का जुन संवादहरु छन, मलाइ त्यो सबै भन्दा तानेको पक्ष हो। फिल्म हेर्दै जादा, लेखक प्रति ठुलो आत्मसम्मान बढीरहेको थियो, जुन पर्दा पछाडि ठुलो भुमिका रहेको थियो।पात्रहरुको छनोट, उनिहरु बिचको संवाद गज्जब लाग्यो। लेखकको गहिरो अनुसन्धान चलचित्र मा प्रष्टै झल्किन्थ्यो।
प्रकाश र आमा बिचको अन्तर दन्दः
प्रकाशः प्रकाश यस्तो पात्र जो आफ्नै बलबुताले, क्षमताले पाइला अघि बढाउन पर्छ भनेर आदर्श बिचार बोकेको हुन्छ। जो अरु संग झुकेर केहि पाउने अभिलाषा राख्दैन। उस्का निमित्त “झुक्नु“ मर्नु सरह हुन्छ।आमा छोराको सफलता लाइ निकै कष्टकर ढंगले प्रतिक्षा गरिरहेकि हुन्छन् । आमाको सोच छोरा कसरि सफल हुने? भन्ने सरोकार को बिषय हुदैन, वश जसरि भयपनि भय भैगो भन्ने सोच्छिन। उनि छोरा स्थाइ शिक्षक बन्न गाउँका कथित उपल्लो दर्जा का मानिस संग झुक्नु पनि पर्छ भन्ने हिसाब कुरा उक्साइरहन्छन। आमाको तर्फ सोच्ने हो भने आमा नै सहि लाग्छिन, र छोराको दृष्टिकोण बाट हेर्ने भने छोरा नै सहि लाग्छ। हो यो आमा छोरा बिचको अन्तर दन्द कसरि अघि बढ्छ ? र यहि अन्तरदन्द कै परिणाम स्वरुप कस्ता परिस्थिति सुजना हुन्छन? के प्रकाश ले आमाको भने अनुरुप गाउँ का पञ्चायती कालिन मुखिया सामु झुक्छ होला त? यि प्रश्न हरुको उत्तर पाउन तपाइले फिल्म हेर्नै पर्ने हुन्छ।
कथित मुखिया(नेता) र मुखिया को ज्वाइँः
यि पात्र हरु को चरित्र ले हामि लाइ के सिकाइ रहन्छ भने, अक्सर जिबनमा मिठो बोल्ने(कुटनितिक) मान्छे हरु हानिकारक हुन्छन् र तितो बोल्ने मान्छे हरु , मनमा कुनै क्लेश हुदैन र मान्छे को बारे मुल्याङ्कन गर्न हतार गर्न हुदैन।
जनावरको अस्वभाविक क्रियाकलाप र पुर्वीय दर्शनः
कुनै घटना हुनु पुर्व अर्थात् भैसकेपछि जनावर को ( फिल्म मा गाइलाइ देखाइएको छ) अस्वभाविक क्रियाकलाप हरुले संकेत अर्थात सुचना गर्छ भन्ने मान्यता विशेषतः म बाचेको समाज मा यो मान्यता एक पुस्ता देखि अर्को पुस्ता सम्म पुस्तान्तरण हुदै आइरहेको छ। यो कुरा केहि हद सम्म हाम्रो पुर्वीय दर्शन संग नि गासिएको छ। चलचित्र मा यो विम्व देख्न पाइन्छ, एऊटा समाज लाइ पर्दा मा उतार्न केहि कसि बाँकि नराखेको जस्तो महसुस भयो यो दृश्य हेरिरहदा।
चलचित्रको अन्त्यको बारेमाः
चलचित्रको अन्त्य यसरि हुन्छ, सुरुवाती जिज्ञासा हरु को जबाफ त पाउछौ हामि तथापि निर्देशक(लेखक) ले हाम्रो मनमा थप जिज्ञासा हरु मनमा अदृश्य रुपमा रोपिदिन्छन। केहि समय सम्म अब कथा कसरि अघि बढ्ला भनेर? गम्न मन लाग्छ। एक क्षणमा त निर्देशक देखि गुनासो गर्न पनि मन लाग्छ। तर पनि पछि सोचिन्छ सबै प्रश्न को उत्तर पाइसकेपछि को तृप्ति भन्दा केहि अतृप्त प्रश्न मिठा हुन्छन्।
ब्याक्तिगत अनुभबः
आफ्नै माटोको गन्ध, आफ्नै लबज को ध्वनि को चलिचित्र भएको ले मात्र यो चलचित्र मन परेको होइन, यो चलचित्रले उठान गरेको गहन बिषय बस्तु, पात्र हरुको जिबन्त अभिनय, लेखकको गहिरो अनुसन्धान, समग्र समाज लाइ पर्दा मा उतार्न गरेको निर्देशक को सङ्घर्ष कै कारण ले मन परेको हो। व्यक्तिगत रुपमा भन्नु पर्दा, मैले धेरै ठाउँमा आफुलाई भेटाय।दिया मास्के उर्फ आमा ले प्रदिप खड्का छोरा लाइ भनेको “भाउअ“ भनेको शब्द मेरि आमाले मलाइ भनेको जस्तै लाग्छ।
पहिलो पटक “थ्रि इडियट“ हेर्दा हाँस्ने र भावुक हुने एक पछि अर्को शिलसिला चलिरहन्थ्यो। त्यसको धेरै समय पछि यो नै एक मात्र चलचित्र होला, जुन अनुपातमा हाँसियो, त्यहि अनुपातमा भावुक भइयो।( एक्लै भयको भय त रोइन्थ्यो पनि होला, तर आफुलाइ त सम्हाले रुन बाट, तर आँशु हरु लाइ सम्हाल्न असफल रहे।)
एसि करेन्टमा घरि सकरात्मक चक्र घरि नकारात्मक चक्र भए जस्तै प्रकाश फिल्म हेर्दा घरि हाँसियो त घरि भाबुक भईयो।
प्रदिप खड्का ले दुइ पटक निराश बनाएका थिय, तर यो पटक ब्याज सहित तिरेर खुसि बनाए। ओहो दिया मास्के को त्यो भुमिका, म के भनु । भोलि आफै हेरेर तपाइ हरु भन्नु होला है त?
हल भित्र छिर्दा, एकदमै कम अपेक्षा बोकेर प्रवेश गरिएको थियो तर फिल्म त अपेक्षा गरे भन्दा पनि उत्कृष्ट लाग्यो। जब अपेक्षा गरे भन्दा उत्कृष्ट परिणाम आउछ, आफै सोच्नु होस त्यहाँ के हुन्छ? पक्कै पनि तपाइँको सोचमा खुसि शब्द आइसकेको हुनु पर्छ।
घर बाहिर रहे पनि ,एक चोटि घर पुगेको जस्तो महसुस गर्न लाइ , आफ्नो स्कुले जिबनको बाल्यकाल सम्झिन लाइ यो चलचित्र हेर्नुहोस हैत समग्र जुम्ला मा घर हुने हरुले।
अन्त्यमा भन्न मन लागेको कुरा,“ हो मान्छे लाइ, आसाले नै जिबित राख्दो रहेछ।“

Next Post

नेकपा एकीकृत समाजवादी जुम्लाको अध्यक्षमा न्यौपाने चयन

१४ भाद्र २०७९, मंगलवार ०८:२४
नेकपा एकिकृत समाजवादी पाटी(एस) जुम्लाको अध्यक्षमा आदिप्रसाद न्यौपाने सर्वसहमतिले चयन हुनु भएको छ। एसको जुम्ला जिल्लामा आयोजित जिल्ला भेलाले न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो। यस्तै समितिको उपाध्यक्षमा रतन बहादुर रोकाय,उपाध्यक्षमा पदम बहादुर बुढा, सचिवमा शंख बहादुर रोकाय,उपसचिवमा टेक प्रसाद धिताल र उपसचिवमै मैना शाही चयन भएका छन। सम्पूर्ण निर्बाचित पदाधिकारीको […]