जुम्ला देखि सुर्खेत सम्मको पहिलो यात्रा…..

  ।   १४ पुष २०७८, बुधबार २१:४४

गणेश रावत 

सहरमा बस्ने मान्छेहरु ‘गाउँ’ भन्ने शब्द सुन्न साथ अशिक्षित र विकट ठाउँ भनेर चिन्छन् । कतिपयलाई लाग्न छ । गाउँका मान्छे गरिब र अशिक्षि, हुन्छन् । तर गाउँका मानिसहरु धन सम्पत्तिले गरिब भएपनि उनीहरु मनका साह्रै धनी हुन्छन् । सहरमा सबै कुराको मुल्य तोकिएको हुुन्छ । त्यसैले मेरो गाउँदेखि सहर सम्मको पहिलो यात्राको अनुभवले गाउँका मान्छेभन्दा पनि सहरका मान्छेहरु गरिब र अशिक्षित छन् भन्ने लाग्छ ।

म सानै थिए । जेठी दिदीलाई गाउँदेखि पारी ढिपुका मान्छे घरमा माग्न आए । बुवा आमाको आशा भरोसा भनेकै जेठी दिदी हुनुहुन्थ्यो । माग्न आउँदा दिदीले पनि जान्न भन्न सक्नुभएन । आमा बुबाको केनै लाग्ने थियो । दिदीले मान्दा कसैले केही बोलेनन् । बुधवारको दिन साहेत मिलाई ढिपुमा बिवाह गर्नुभयो । बिवाहपछि दिदी कहिले माईती घर त कहिले पोहिली घर गर्नुहुन्थ्यो । छोरीको कर्म एक दिन अर्काकै घरमा जानैपर्छ ।

छोरी मान्छेले ढिलो विवाह गर्दा धेरै गुनासो खेप्नुपर्ने हुन्छ । गाउँमा त झनै यस्ता गुनासा व्यापक हुन्छन् । विवाह गरेको एक वर्ष नपुग्दै बसाईसराई गरेर जाने दिदी भिनाजुले निर्णय गरे । सानो छहदा म जिद्दी र घमण्डी स्वभावको थिए । सायद घरको जेठो र तीन बहिनीको एउटा भाई भएर होला । म सबैको प्यारो थिए ।

दिदीहरुले असाध्यै माया गर्नुहुन्थ्यो । जेठी दिदीले बिवाह गरेर जाँदा म असाध्यै रोए । मलाई मेरा साथिले गिज्ज्याउन थाले । सधै तेही कुराले जिस्काउँने गर्थे । साथीहरुले मलाई विस्तारै रुन्चे भन्दै बोलाउन थाले । गाउँमा बुढा बाउबाजेले भन्ने गरेको ‘यो दुखारी चाँदो, जता गए उतै जाँदो’ उखानले मेरो जीवनमा मेल खायो । मलाई पहिला उखान झुटो लाग्थ्यो ।

तर उखानको अर्थ आफ्नै जीवनमा मेल खाँँदा मात्र थाहा पाए । तेही वर्ष दिदी भिनाजु सुर्खेत जाने भनेर घरमा आमा बुबालाई भेट्न आउनुभयो र दिदी रुदै जानुभयो । दुई दिनपछि दिदीले आमाको मोबाईलमा फोन गर्नुभयो । बुवा आमा तपाईहरुले चिन्ता नगर्नु होला हामी सुर्खेत पुगिसकिम । दिदीको कुरा सुनेर मलाई अच्चमा लाग्यो । त्यति टाढा कति छिटो पुग्नुभएछ भनेर ?

कहाँबाट र कसरी यति छिटै जानुभयो भनेर मनमा कुरा खेलिरहे । तर मैले पनि कसलाई सोधिन् । दिदीले छोडेर गएको पीडा मनमा थियो तेही रिसले दुई दिन सम्म खान पनि खाईन । आमाले मलाई फकाउँदै भन्नुहुन्थ्योे खान छोरा खा मेरो छोरो प्यारो छ ।

हामी पनि भोली जाउँला भन्दै मलाई फकाउनु भयो । मैले खाना खाए । तीन वर्ष वित्दा पनि दिदी फेरी र्फकेर जुम्ला आउनुभएन । गाउँमा आउनु भएको अरुको दिदीलाई देख्दा मलाई दिदीको साह्रै याद आउथ्यो । दशैँ , तिहार ,पूर्णिमामा दिदी सधै फोन गर्नुहुथ्यो र कति रमाईलो ओला है गाउँमा भन्दै सोध्नुहुन्थ्यो ।

दिदीले सोधेको कुरा जवाफ दिन आमालाई कठिन भईरहेको थियोे र आमाले निराश हुँदै भन्नुभयो ‘के रमाईलो हुन्थ्यो र चाडपर्वको बेला सबैकी छोरीचेली माईती घरमा आउँछिन् उनीहरुका बुवा आमाको लागि पो रमाईलो हुन्छ, हामी त संधै छोरी आउँछेकी भन्ने आशामा मात्रै हुन्छौं हामीलाई त संधै तेरो झल्को मात्र आउँछ भन्नुभएको थियो त्यत्तिकैमा फोन कट्यो । त्यति वेला गाउँमा टावरले राम्रोसंग काम गर्दैन थियो । गाउँमा स्काईको टावर मात्र बनेको थियो ।

दिदीसंग महिनामा एक पटक फोनमा कुरा हुन्थ्यो, त्यही पनि घरको छानोमा जानुपथ्र्यो । तर पनि दिदीसंग राम्रोसंग कुरा गर्न पाईनौं, कुरा गर्दागर्दै फोन कट्यो, त्यो दिन मोवाईलको चार्जले १ घण्टा पनि काम गरेन् ।

गाउँमा विद्युत थिएन मोवाईल चार्जको कुरा त परको कुरा हो झरो र टुक्किको भरमा रात कटाउँने गथ्र्ये । विहानी हुँदा बेलुका कसरी उज्यालोमा बस्ने भन्ने चिन्ता हुन्थ्यो । धुवाँले कालो भएको घर त्यही घर भित्र झरो बाल्दै बहिनी र म पढ्ने गथ्यौं ।

हातमा खरी, शिरमा कालो पाटी बोकेर फाटेका कपडासंग स्कुलमा जान्थ्यौं । हामी संधै नास्ताका रुपमा गहुँको पिठोबाट बनेको हलुवा खाने गर्थियौं । विहानै घरबाट स्कुल निस्केका हामी साँझको चार बजे पछि घर फर्कन थियौं ।

घरमा आउँदा आमा बुवाले आफुले खाइ नखाई हामीलाई खाना राखी दिनुभएको हुन्थ्यो । त्यही खाना हामी खाएर बहिनी र म रमाउँदै गाउँमा घुम्न जान्थ्यिौं । बुवा आमा दिनभरी काम गरेर वेलुकी अबेर घर आउँनुहुन्थ्यो र घरको छतमा गएर हामीलाई बोलाउँनु हुन्थ्यो । त्यतिवेला हुने खाने घरपरिवारका छोराछोरीहरु शिक्षित हुन्थ्र्ये धेरै जसो अशिक्षित थिए ।

जसको घरमा दिनभर पसिना बगाएर वेलुका सुख्खा रोटी हुन्थ्यो । उनीहरु सबै अशिक्षित हुन्थे । बुवा आमाले पाँच कक्षा पढेर स्कुल छोडेका थिए । उहाँहरुले पढाई बिचै छोडेपनि दुःख हामीलाई बाबु पढ्नुपर्छ पढे लेखेको मान्छेलाई सबैले आदार सम्मान गर्छन् । हलो जोतेर खाने मान्छेलाई सबैले हेप्छन् भन्दै सम्झाउनुहुन्थ्यो ।

म सानो भएपनि बुबा आमाको साथ र हौसलाले मलाई कहिले पनि सानो हुन दिएनन् । उहाँहरुको सपना पुरा गर्न र आफ्नो भविष्यलाई सोच्दै म दिनरात नभनि मिहिनेत गरेर पढ्थ्ये । दिदीले पनि फोन गरेर राम्रोसंग पढ्नु पढेर ठुलो मान्छे बन्नु अब जुम्ला आउँदै छु भन्नुहुन्थ्यो । म खुशीले गदगद भए । हाम्री दिदी मलाई सुर्खेत बाट केरा ,सुन्तला ,आँप ,चाउचाउ ल्याईदिन्छु भन्दै सबै साथिलाई सुनाए । त्यति बेलाको समयमा गाउँमा सहरबाट कोही आउँदै छ भन्दा साहान हुन्थ्यो । यति मात्र थाहा थियो कि केरा ,सुन्तला ,आँप ल्याउँछन् ।

केही दिनपछि दिदी घरमा आउनुभयो । जुम्ला बाट जाँदा र सुर्खेतबाट दिदी जुम्ला आउँदाको बोलि, बचन ,रहनसहन फरक थियो । दिदीको त्यो परिवर्तन देखेर म लजाए । त्यसपछि मैले गाउँका र सहरका मान्छे हेर्दैमा फरक मान्न थाले । दिदी एक महिना जुम्ला बस्नुभयो । सुर्खेत जाँदा दिदीले मलाई पनि सुर्खेत लिनुभयो । म जन्मिएको १५ वर्षपछि गाउँ छाडेर दिदी सँग सहर गए । सुर्खेत जाने भनेर जब म रारा सेरी बजार पुगे बल्ल देखे पहिलो पटक बस, गाडी, मोटरसाईकल गुडिरहेको । त्यो सबै देखेर मलाई अच्चम लाग्यो । जब म सहर पुगे । त्यतिबेला गाउँघर, आमा, बुबा, साथिहरुको साह्रै याद आयो । त्यो दिन मलाई खाना खाने मन लागेन् । गाको गाडीको गन्धले टाउँको दुखेर सुतिरहे ।

विहानको टिकट काटेर भिनाजु जुम्ला बजार देखि गाडी ल्याएर आउनु भयो । फेरी हाम्रो यात्रा सुरु भयो । सुरुसुरुमा गाडी भन्दा डराउँने गथ्र्ये । विस्तारै चढ्दै जाँदा थाहा पाएँ । गाडी, मोटसाईकलको इन्जिनन् डिजेल र पेट्रोलले चल्ने रहेछ भनेर । त्यो दिन बसको यात्रा जीवनको पहिलो भयो । कच्ची , कतै धुलो त हिलो भएको रोडको यात्रा जोखिम पुर्ण थियो । पहिलो पटक भएकाले आफ्नै शरिर पनि भारी लागिरहेको थियो । दुई दिनपछि सुर्खेत बसपार्क पुगियो । त्यसपछि मन बिस्तारै हलुको लाग्न थाल्यो । अनि जेनतेन दिदीको घरमा पुगियो । जता हेर्दापनि विरानो ठाउँ, नयाँ मान्छे दिन कटाउँनै साह्रै गाह्रो हुन थाल्यो । बिस्तारै घुलमिल हुदै गए ।

विहान बेलुका कक्षा ९ को ट्यूशन पढ्न थाले । ट्यूशनमा सबैभन्दा सानो र नराम्रो म थिए । ट्यूशनमा बोल्दा सर सँग केही सोध्दा सबैले मलाई गिजाउँथ्ये । जुम्ली भनेर हेप्ने गर्थे । मेरो पढाई पनि ठिकै थियो । मान्छे पनि फराकिलो थिए । मलाई लाग्यो पढ्न आउँदा त सहरका मान्छे गिज्जाउने रहेछन् झन काम गर्न आउँदा कति हेप्छन् होला ? गाउँमा ढिडो , रोटी आटो खाने, फाटो लगाउँने त्यसैमा खुसी थिए । तर सहर आईसकेपछि सबैले भात र दाल खाने गथ्र्ये । विस्तारै मलाई पनि त्यही मन पर्न थाल्यो । सहरका मान्छेहरु धनको घमण्ड गथ्र्ये । मलाई लाग्यो हाम्रो बुबा, आमाले कतिको दुःख पीडा सहनु भएको होला ? उहाँहरु कहिल्यै पनि अरुको दुख हेर्न सक्नुहुँदैन थियो ।

हो सहरमा बस्नेहरु विहान वेलुका दाल, भात खान राम्रो लगाउँन सक्छन् होला तर गाउँले जस्तो गुण लगाउँन सक्दैनन् । दिनपनि बित्दै गए । बैशाखको महिनामा म जुम्ला फर्के । सबैले मलाई कति परिर्वतन भएछ भन्न थाले । म संधै साथीहरुलाई भन्ने गथ्र्ये सहर भनेको त पैसा हुनेको लागि मात्र हो । मलाई त एक अर्काको दुःख बुझ्ने मेरो गाउँ नै प्यारो लाग्छ ।

सहरका मान्छे सहयोगी भावनाका हुदैनन् । गाउँमा जस्तो सहरमा मागेर मिल्दैन् । पिसाव फेर्नलाई पैसा तिर्नुपर्ने ठाउँमा कहाँ हामी गरिब दुःखी सुहाउँछौं । हाम्रा लागि गाउँनै ठिक छ । गाउँमा धार्मिक, सांस्कृतिक, वातावरण, स्वच्छ हावापानी सबै गाउँमा राम्रो हुन्छ । हामीले यसैको महत्व बुझ्न सकियौं भने पनि हामीलाई ठुलो सफलता मिल्ने छ ।

समय परिवर्तनसंगै गाउँका मानिसहरुको सोच विचारमा पनि परिवर्तन हुँदै आएको छ । गाउँको भौतिक आर्थिक संरचना पनि बदलिदै आएको छ । अहिले यहाँका मानिसहरु सबैमा पढ्नुपर्छ लेख्नुपर्छ भन्ने विचार धारणा जागेको छ । हाम्रो श्रोत साधनहरुको सही प्रयोग गर्न सकियौं भने हामीले सहरको मात्र भन्दापनि गाउँमा नै सुखी र सम्पन्न जीवन विताउन सक्छौं ।

Next Post

हिउँले बन्द नाग्म गमगढी सडक खण्ड खुलाउन डोजर प्रयोग

१४ पुष २०७८, बुधबार २१:४४
गणेश रावत जुम्ला । भारी हिमपातका कारण बन्द नाग्म गमगढी सडक खण्ड खुलाउनको लागि डोजर प्रयोग गरिएको छ । कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएको थियो । भारी हिमपातले सडक बन्द हुदा विहानैदेखि डोजर लगाएर हिउँ पन्छाउने कार्य सुरु भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले जानकारी दिए । […]