पातारासी गाउँपालिकाको छुमजिउलोमा धान रोपिई सुरू ।

विश्वकै अग्लो स्थानमा धान फल्ने स्थान पातारासीको छुम जिउलोमा कालिमार्सि धान रोपिएको छ । जुम्लाको पातारासी गाउँपालिकाको छुमजिउलोमा विहिबार धान रोपिएको हो । दुई हजार आठ सय मिटर अग्लो स्थानमा धान फलेको रेकर्ड गिनिजबुक अफ द वल्र्ड रेकर्डमा कायम छ ।

यससँगै छुमजिउलोमा कालीमार्सी धान रोप्न सुरु गरिए पछि सर्वत्र धान रोप्नमा चासो बढेको छ । यस जिउलोमा वि.सं. २०२१ साल देखि रोपाइ सुरु गरिएको स्थानीय बिर बहादुर महताराले जानकारी दिनुभयो । उहाँका अनुसार उत्पादन कम हुने भएकाले बिचमा रोपाई गर्न छोडि पनि पुन रोपाई गर्न थालिएको बताउनु भयो ।

पछिल्लो समय कृषि विकास कार्यालयले धान दिवस तथा रोपाई महोत्सव मनाउने सुरुवात गरे देखि रोपाईमा किसानहरुको सबैको चासो बढेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, पहिले भन्दा यहाँका नागरिकले अहिले करिब एक दशक पछि धान रोपाइलाई निरन्तरता दिँदै आएका छन् । उहाँका अनुसार, आफ्नो परिवारले पहिले देखि नै छुमचौर जिउलोमा धान खेती गर्दै आएको बताउनुभयो ।

तत्कालीन समयमा चन्दननाथ मन्दिरको शेरा ज्युलोबाट धानको बिउ ल्याएर छुम जिउलोमा रोपाइ सुरु गरिएको स्थानीय बुढापाकाले बताउने गरेका छन् । अग्लो स्थानमा धेरै परिश्रम गर्नुपर्ने, घेराबारको व्यवस्था नभएको, सिँचाइ सुविधा नहुने, धान रोपाइको सिजन र पाटनमा यार्सा सङ्कलनको सिजन सँगै पर्ने भएकाले बिचमा रोपाई नभएको अर्का स्थानीय रतन महताराले बताउनु भयो ।

उहाँका अनुसार, रोपाईका लागि गोरु र हली नपाईने भएकाले रोपाई गर्न समस्या भएको बताउनु भयो । उहाँले भन्नुभयो, यो समय भनेको बहुमुल्य जडिबुडी यार्सा संकलन गर्न जाने समय भएकाले हलीको व्यवस्था नहुने भएकाले समस्या हुने गरेको उहाँको भनाइ छ । रोपाई गर्नको लागि कृषि विकास कार्यालय जुम्लाले हलिको ठाउँमा जोत्ने मोसिन उपलब्ध गराएमा सहज हुने महताराले बताउनु भयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले जुम्लाको पहिचान र सान भएकाले यसलाई बचाई राख्नु पर्ने बताउनु भयो । उहाँका अनुसार, जुम्ला भन्दा बाहिर भएकाल बेला सुनेको र आज प्रत्यक्ष हेर्ने र रोपाई गर्ने अवसर मिलेकाले खुसि लागेको बताउनुभयो । यो पनि जुम्लाको एक सभ्यता, संस्कृति र हाम्रो पहिचान सँग जोडिएकाले यसको संरक्षण तथा प्रवद्र्धन गर्नुपर्ने उहाँको भनाइ छ ।

विश्वकै अग्लो स्थान धान फल्ने छुम जिउलोमा धान रोपाईका दिन सबैलाई आउन सक्ने वातावरण मिलाउनु पर्ने उहाँको सुझाव छ । पातारासी गाउँपालिका वडा नम्वर ३ का वडाध्यक्ष गोबिन्द रावतका अनुसार धान रोप्ने र पाटनमा यार्सा सङ्कलन गर्ने सिजन सँगै पर्ने भएकाले धानखेति भन्दा पाटनमा जानेको संख्या बढी रहेको बताउनु भयो । यार्सा संकलनबाट धेरै आम्दानी हुने भए पछि स्थानीयले विस्तारै धान रोपाइ छोड्दै गएको उहाँले बताउनु भयो ।

रावतका अनुसार, धान रोपाईको महत्व बारे स्थानीयमा बुझाइको कमी भएकाले पनि यो खेती हराउँदै गएको जानकारी गराउनु भयो । तर, पछिल्लो समय बुझ्दै गए पछि अहिले धान रोपाईमा स्थानीयको चासो बढ्न थालेको उहाँको भनाइ छ । विश्वको अग्लो स्थान छुम जिउलोमा धान फल्ने कुराले संसारको ध्यान केन्द्रित गरेको कृषि बिकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताउनु भयो ।

उहाँका अनुसार, धान खेतिले गरिबि हटाउनमा सहयोग गर्ने बताउनु भयो । छुम जिउलोलाई सबैले मिलेर पहिचान बनाउन तिर लाग्नु पर्ने देवकोटाको भनाइ छ । उहाँले भन्नुभयो, विश्वका मानिसलाई एक पटक छुम जिउलोमा ल्याउनका लागि पहल गर्नु पर्छ । विश्वकै अग्लो स्थानमा धान फल्ने छुम जिउलोको संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकारले चासो दिनु पर्ने देवकोटाले बताउनु भयो ।

धान रोपाइको अवसरमा बाजागाजा सहित सहभागी महिलाले चुट्किला र मागल गाउँदै एक आपसमा हिलो छ्यापाछ्याप गरेर धान रोपेका छन् । पुरुषले हलो जोत्ने, बिउ फाल्ने काम गरे भने महिलाले रोप्ने काम गरेका छन् । छुम जिउलोमा रोपिएको धान यस वर्ष जुम्लाको पहिलो हो ।

जुम्लाका अन्य स्थानमा वैशाख अन्तिम देखि असार पहिलो हप्तासम्म धान रोप्ने गरिन्छ । जुम्लामा रातो चामल कालीमार्सी लगायतका प्रजातिको धान रोपिने गरिएको छ । छुमचौर जिउलोमा धान रोप्ने क्रममा सहभागी महिलाले चुट्किला र मागल यसरी गाएका छन् ।

सम्बन्धित शीर्षक