जुम्लामा माघ २७ देखि फाल्गुन २ गतेसम्म एच.पि.भि खाप लगाईने

लक्ष्मी न्याैपाने

जुम्लामा माघ २७ देखि फाल्गुन २ गतेसम्म एच.पि.भि खाेप लगाईने भएको छ । पहिलो चरणमा चन्दनननाथ नगरपालिका, पातारासी, गुठीचौर, तातोपानी र तिला गाउँपालिकामा माघ २७ देखि २९ गतेसम्म र दोस्रो चरणमा फाल्गुन १ र २ गते हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा खोप संचालन गरिने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सोपकाटाले बताउनु भयो ।

मंगलबार जिल्ला स्थित पत्रकार र खोप समन्वय समितिका पदाधिकारीसँगको अभिमुखिकरण कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । विद्यालयमा अध्ययन कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहकालाई एच.पि.भि खोप लगाईने उहाँको भनाइ छ । जुम्लाका आठ वटै स्थानीय तहका ८ हजार ८ सय २९ जना छात्रालाई पाठेघरको क्यान्सरविरूद्धको खोप दिइने सापकोटाले बताउनु भयो ।

उहाँका अनुसार, राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जुम्लाका सामुदायिक तथा निजि विद्यालयका कक्षा ६ देखि १० सम्म अध्यनरत करिब ८ हजार ८ सय २९ छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एच.पि.भि विरूद्धको खोप दिइने जानकारी दिनुभयो । उक्त भाइरस विरूद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाका सबै स्थानीय तहबाट तथ्याङ्क संकलन भई सकेका उहाँको भनाइ छ ।

देशव्यापी खोप कार्यक्रम अन्तर्गत आगामी माघ २२ गतेदेखि फागुन ६ सम्म एकैपटक संचालन हुनेछ । कार्यालय प्रमुख सापकोटाका अनुसार, विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका १ हजार ५ सय ८६ जना र विद्यालय भित्रका ७ हजार २ सय ४३ गरी आठ हजार आठ सय २९ जना छात्रालाई उक्त खोप लगाउने तयारी गरिएको उहाँले जानकारी गराउनु भयो ।

कार्यालयको तथ्याङ्क अनुसार जिल्लाको चन्दननाथ नगरपालिकाका १ हजार ८ सय ७९ जना, गुठीचौर गाउँपालिकामा ५ सय २०, हिमामा १ हजार १३ र कनकासुन्दरीमा ९ सय ६७ जनालाई खोप लगाइने छ । त्यस्तै पातारासी गाउँपालिकामा १ हजार एक सय ५८, सिंजामा ९ सय ७, तातोपानीमा १ हजार १ सय ५३ र तिलामा १ हजार २ सय ३२ जना छात्रालाई खोप लगाउने योजना रहेको सापकोटाको भनाइ छ ।

विद्यालय बाहिर रहेका किशोरीको हकमा जन्मदर्ताका आधारमा उमेर हेरेर खोप लगाइने छ । नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट प्रमाणित उक्त खोप १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई एच.पि.भिको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

कार्यक्रममा बेल्दै जिल्ला समन्वय समिति जुम्लाका काब प्रमुख नरबिर सुनाले खोप लगाउने अभियानमा पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । उहाँका अनुसार, खोप लगाउने उमेर समूहका कोहि पनि छुट्ने नहुने जानकारी गराउनु भयो । पाठेघरको क्यान्सरबाट महिलाको मृत्यु हुने भएकाले खोप लगाई सकेपछि निराकण हुने सुनारको भनाइ छ ।

सम्बन्धित शीर्षक