लक्ष्मी न्यौपाने,जुम्ला
जुम्लाको गुठिचौर गाउँपालिकामा रहेका वडाहरु बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने तयारी भइरहेको छ । जसका लागि विद्यालयमा आचारसंहिता बनाउने,विद्यालय बाहिर रहेका बालबालिकाको तथ्यांक संकलन गर्ने,बालमैत्री स्थानीय शासन संयोजक तोक्ने र बालबालिकाको प्रोफाइल बनाउने जस्ता निर्णय भएका हुन ।
७३ वटा सुचक पुरा भएको र बाँकी सुचकहरु सम्बन्धित बिषयगत शाखाले योजना बनाइ कार्यन्वयन गर्ने र दस्ताबेजीबरण गर्ने बिषय पारीत भएको हो । साथै पालिका बालमैत्री स्थानीय शासन समिति संग ५१ वटा सुचक ५ वटा चरणको बारेमा छलफल भएको किडार्क नेपालका बाल संरक्षण अधिकृत श्रीराम थापाले जानकारी दिए ।
वल्र्डभिजन इन्टरनेशनल नेपाल र किडार्क नेपाल जुम्लाको साझेदारीमा सञ्चालित बाल संरक्षण तथा समुदायमा आधारित बाल इस्पोन्सरसीप परियोजना अन्र्तगत गुठिचौर गाउ“पालिकामा बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने कार्य अघि बढेको अधिकृत थापाले जानकारी दिए ।