जुम्ला । महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञावलीले देशभरका महिला उद्यमीहरु एकजुट हुनुपर्ने बताएकी छिन । उनले ग्रामिण क्षेत्रका महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउन उद्यम तर्फ आकर्षित हुनुपर्ने बताइन् ।
जुम्लामा आयोजना भएको चारदिने उद्यमी सम्बन्धी तालिममा बोल्दै उनले महिलाहरुलाई उद्यम सिकाउने र उद्यमी बनाउने लक्ष्य रहेको बताइन् ।
ज्ञवालीले राज्यको अर्थतन्त्रमा महिलाको सहभागिता महत्त्वपूर्ण रहेको बताइन् । ‘महासंघको उद्देश्य देशभरिका महिलालाई आर्थिक रूपमा सशक्त बनाउनु हो ।’ उनले भनिन् ।
सधैंजसो चुलो चौकामा सीमित हुने महिलालाई उद्यमी बनाउनुपर्नेमा उनको जोड थियो । ‘अर्थतन्त्रका महत्वपूर्ण आधार कृषि, उद्योग व्यवसाय, पर्यटन, पेसागत र वैदेशिक रोजगार जस्ता क्षेत्रमा महिलाको सहभागिता बढिरहेको छ । यो सकारात्मक पक्ष हो ।’ अध्यक्ष ज्ञवालीले भनिन्,‘आगामी दिनमा उद्यम गरेर आत्मनिर्भर बन्ने बाटोमा अग्रसर बन्न जरुरी देखिएको छ । ’
उनले जिल्लाको सबै पालिकाहरुमा उद्यमी संघको इकाइ कमिटी बनाउने बताइन् । महासंघमा हाल प्रत्यक्ष रूपमा ५ हजार २ सय ५० बढी लघु उद्यमी महिला आबद्ध छन् भने अप्रत्यक्ष रूपमा ५० हजारभन्दा बढी छन ्।
महिलाद्वारा उत्पादित सामाग्रीहरुको विक्री वितरणमा महासंघले सहजीकरण गर्ने उनले जनाइन ्। जुम्ला पुगेकी ज्ञावलीले प्राकृतिक सुन्दरताको हिसावले निकै भनि भएको भन्दै जुम्लाको अतिथि सत्कार गर्ने तरिका लोभलाग्दो भएको बताइन् । जुम्ला आफैमा कमजोर छैन । उनले भनिन्,‘पर्यटकीय स्थल निकै राम्रो छ । आर्थिक रुपमा सशक्त बन्ने संभावना पनि बलियो देखिन्छ । ’
जुम्लाको फापर, सिमी, आलु स्याउ, कोदो, चिनो कागुनो लगायतका रैथाने बालिका परिकार बनाउन मद्दत पुगे बताइएको छ । कार्यक्रममा उत्पादित बस्तुको डिजिटल प्रविधिबाट बजारीकरण लेभकिङ्गि प्याकेजिङ्ग बारेमा सिकाइको थियो।
अध्यक्ष ज्ञवालीका अनुसार आर्थिक विकासको लागि उद्यमी एकदमै आवश्यक छ । उनले उद्यम–व्यवसायले आफूलाई आत्मनिर्भर मात्र बनाउ‘दैन, मुलुककै अर्थतन्त्रलाई समेत टेवा दिन सक्छ भन्ने सोच धेरै महिलामा पाइन थालेको सुनाइन् ।
अब उद्यम–व्यवसायमा जागरूक महिलालाई परिवार, समाज र सरकारका तर्फबाट निरन्तर प्रोत्साहन भने हुनुपर्नेमा उनले जोड दिइन् । उनले पर्यटनका हिसाबमा निकै सुन्दर जुम्ला एकपटक पुग्नै पर्ने उनको भनाई छ । बाहिरबाट हेर्दा जुम्ला निकै विकट देखिन्छ,उनले भनिन्,‘जब जुम्ला आइपुगिन्छ तब जुम्ला एक सुन्दर स्वर्ग जस्तै लाग्नेगर्छ । यो जुम्लाको परिचय नै हो । ’













