तातोपानी गाउँपालिका जुम्लाको महिला तथा लैङ्गिक हिंसा सम्बन्धी सूचना सन्देश
महिला तथा बालबालिकामाथि हुने कुनै पनि प्रकारको लैङ्गिक हिंसा, घरेलु हिंसा, दुर्व्यवहार, बालविवाह, जबरजस्ती करणी तथा विभेद कानुनअनुसार दण्डनीय अपराध हुन्।
हिंसा सहेर नबसौं, हिंसाविरुद्ध आवाज उठाऔं। सुरक्षित, सम्मानित र समान समाज निर्माणका लागि सबैले साथ दिऔं।
कुनै पनि प्रकारको हिंसा भएमा नजिकको प्रहरी कार्यालय, स्थानीय तह वा सम्बन्धित निकायमा सम्पर्क गरी उजुरी गरौं।
“हिंसा होइन, सम्मान र समानता हाम्रो अधिकार हो।”
तोपानी गाउँपालिका जुम्ला
उपाध्यक्ष रेवती रावल











