तातोपानी गाउँपालिका– ४ काे गिडी दह उचाइका हिसाबले कर्णालीको दोस्रो अग्लो स्थानमा

लक्ष्मी न्याैपाने

जुम्लाको तातोपानी गाउँपालिका– ४ गिडी दह उचाइका हिसाबले कर्णालीको दोस्रो अग्लो स्थानको तालका रूपमा रहेको छ। पहिलोमा से–फोक्सन्डाे र तेस्रोमा राराताल रहेका छन्।समग्र गिडीदह क्षेत्र २९.११ हेक्टर क्षेत्रफलमा फैलिएको छ।यहाँ १८ प्रकारका चरा, सात प्रकारका स्तनधारी जनावर,  ७४ प्रजातिका चराचुरुंगी रहेका छन्।
स्थित तीन हजार ४८५ मिटर उचाइमा रहेको पर्यटकीय क्षेत्र गिडी दहको कुल लम्बाइ एक हजार पाँच सय १० मिटर मापन गरिएको छ।

काठमाडौं विश्वविद्यालयले बिहीबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार गिडी दहको सानो र ठूलो तालको गरी कुल लम्बाइ एक हजार पाँच १० मिटर रहेको छ। जसमा ठूलो दह (ताल)को लम्बाइ एक हजार ६० मिटर, चौडाइ तीन सय १० मिटर,  गहिराइ ४३.३ मिटर रहेको छ। यस्तै गिडी दहकै सानो तालको लम्बाइ चार सय ५० मिटर, चौडाइ दुई सय १० मिटर र गहिराइ २१.३ मिटर रहेको छ।विश्वविद्यालयकी उपप्राध्यापक रामदेवी तचामो शाहका अनुसार टोलीले नौ दिन लगाएर  गिडी दहको लम्बाइ, चौडाइ, गहिराइ, जीवजनावर, रुखबिरुवा, क्षेत्रफललगायतको अध्ययन गरेको थियो।

कर्णाली राजमार्गको हाकुबाट गिडी दहसम्मको दूरी २९ किलोमिटर रहेको छ। यो दूरीमा फुलचौल्या, बाइस पाटनलगायतका पर्यटकीय क्षेत्र छन्।  पूर्वाधार विकासका लागि डिपिआर, वातावरणीय प्रभाव मूल्यांकनलगायतका काम भइसके पनि लगानी अभावले पूर्वाधार निर्माण हुन सकेको छैन।

घोषणापत्रमा दहको नापजाँचलाई प्रथामिकता दिने उल्लेख भएअनुसार कुल १५ लाख  रुपैयाँ लगानीमा नापजाँच गरी प्रतिवेदन सार्वजानिक गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए। उनले भने, ‘राष्ट्रिय ताल संरक्षण समितिको पाँच लाख र गाउँपालिकाको १० लाख गरी १५ लाख लगानीमा नापजाँच गरिएको हो। यो वर्षमै गिडी दह जाने २७ सय मिटर घोरेटो बाटो निर्माण भइसकेको छ

सम्बन्धित शीर्षक