खोप व्यवस्थापनमा सिंजा पहिलो,हिमा दोस्रो

लक्ष्मी न्यौपाने,जुम्ला
राष्ट्रिय खोप तथा सरसफाई प्रवद्र्धन क्रियाकलापहरु सञ्चालन तथा व्यवस्थापनमा सिंजा गाउँपालिका प्रथम भएको छ । हिमा गाउँपालिका दोस्रो भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।स्वास्थ चाैकि खाेपमा ६०वटा वडामा हाडसिंजा स्वास्थ चाैकि कनका सुन्दरि प्रथम भएको थियो । उनीहरुलाई राष्ट्रिय खोप र सरसफाई प्रवद्र्धन कार्यक्रमको सदृढीकरणको लागि आयोजित समिक्षा तथा सक्ष्म योजना तर्जुमा गोष्ठीमा सम्मान गरिएको हो ।राष्ट्रिय खाेप तथा सरसफाइ प्रवर्धन कार्यक्रम सुदुढीकरणकाे
२०७९/८० मा उत्कृष्ट कार्य गर्ने मा दुई पालिका सात स्वास्थ सस्थाहरू दस स्वास्थ कर्मीहरू र सब काेल्डचैन व्यवस्थापक समानित तथा पुरस्कुत भएकाे जनाईएकाे छ।
गोष्ठीमा खोप दिएर मात्र नभइ सरसफाईमा ध्यान दिनुपर्नेमा जोड दिइएको थियो । मानिसको जीवनमा सरसफाई महत्वपुर्ण हुने समेत जनाइएको छ । तातोपानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाइँले आगामी दिनमा ६० वटा वडामा खोप अभियान सुरु गर्नुपर्ने बताए । उनले कुनै पनि बालबालिका खोपबाट बञ्चित नहुन् भन्नाका लागि तातोपानी गाउँपालिका प्रतिबद्ध रहेको बताए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक डा. राजिब शाहले काम संगै तथ्यांक संकलनमा समेत ध्यान दिनुपर्ने बताए । उनले बालबालिका खोप लगाउनबाट नछुटाउनको लागि स्वास्थ्यकर्मीहरु चनाखो भएर बस्तुपर्ने तर्क गरे । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले सामाजिक सेवामा स्वास्थ्य सेवा निकै महत्वपुर्ण भएको बताए । उनले जनचेतना फैलाउने काममा स्वास्थ्यकर्मीको भुमिको अहम हुने बताए ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले काममा खटिएर मात्र नहुने भन्दै कागजात पुरा गर्न पनि उत्तिकै आवश्यक रहेकोमा जोड दिए । स्वास्थ्यकर्मीले खोप लगाउने र औषधिको टाटामात्र बाडेर  नभएर विकृती विसंगतीको विरुद्ध सचेतना फैलाउनुपर्ने बताए ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले आठ महिनाको समिक्षा गरेर प्रभावकारी रुपमा अघि बढ्ने जानकारी दिए । खोप लगाउन छुटेका बालबालिका खोजेर खोप लगाउन समेत स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए । कुनै पनि बालबालिका नछुटुन भन्नका लागि सुक्ष्म योजना निर्माण भइरहेको बताए ।

सम्बन्धित शीर्षक