जिर्ण भवनमा खचाखच बालवालिकाको पढाई छैन सरोकारवालको ध्यान ।

डोल्पा : समुदाय भन्दा अलि पर खियाले सर्लक्के पारेको छाना भएको बिद्यालय छ । त्यहि बिद्यालयका कक्षा कोठभरी खचाखच बालवालिकाहरु हरेक दिन ज्ञान सिकिरहेका छन । कहिले बस्ने बेन्च हुदैन त कहिले त्यहि भएको बेन्च पनि भाँचिएर बालवालिकाको हातखुट्टामा चोट लाग्छ । साना बालवालिकाको अन्यत्र पढ्न जान सक्ने अवस्था पनि छैन भने त्यहि जिर्ण भवनमा उराठा लाग्दा कक्षाकोठामा पढि रहनुपर्ने बाध्यता छ । सयौ बालवालिका चिट्टिक्क परेर बिद्यालयको पोशाक लगाएर बिद्यालयमा आउछन तर कक्षाकोठामा बस्ने बित्तिकै पोशाक हेरी साध्य हुदैन तर पनि बालवालिकाले गुरुले दिएको ज्ञान हाँसिल गरि रहेका छन ।

डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका वडा नम्बर ९ चुँ गाउँमा रहेको जनप्रिय आधारभुत बिद्यालयको कहानी हो । झण्डै १ सय ६० बालवालिकाले यो बिद्यालयमा अध्ययन गरि रहेकाछन तर उनिहरुको अध्ययनको लागी कक्षाकोठा निकै दयनिय रहेका छन । बिद्यालयको हाता भित्र सानासाना ५ वटा भवन छन तर बालवालिकाले आन्नदले पढ्ने कक्षाकोठा भने छैनन । खियाले छियाछिया पारेका जस्ताले छाएका भवनका कोठामा बाहिरको घाम भित्र प्रष्टै आउछ त्यहि घामको उज्यालोमा बालवालिका पढिरहन्छन ।

खियाले छानो रातो भएको छ घाममा घाम र पानी परेको बेलामा पानि सिधै कक्षाकोठा भित्र पुग्छ । साघुरा कक्षाकोठामा टेडामेडा भएका डोरीले बाँधिएका बेन्चमा बालवालिकाले पेलापेल गरेर बसी अध्ययन गरी रहेका हुन्छन । ढोकामा जस्ता पाताले टालटुल पारेर गुजारा चलाइएको छ भने झ्याल पुरै खुलाछन । भाँचीएका बेन्च कक्षाकोठाको कुनमा थन्कीएकाछन भुई चिसो छ धेरै बर्ष पहिले राखिएका यति कार्पेटको पहिलो उत्पादनवाला कार्पेट भुईमा सकेको धुलो खादै थेगि रहेको छ । अनि धुलोले धेरै भाग खाएको कार्पेटमा बालविकास केन्द्रका ३० भन्द धेरै बालवालिकाले पढ्न सिक्दैछन ।

करिब २ सय घरधुरी रहेको चुँ गाउँ अर्थात त्रिपुरा सुन्दरी नगरपालिका-९ मा रहेको जनप्रिय आधारभुत बिद्यालयको नाम अनुसार बालवालिका प्रिय भने छैन । ५ जनाको दरवन्दी रहेको यो बिद्यालयमा एक जना राहात शिक्षक एक जना बालविकास केन्द्र सहजकर्ता र एक जना स्वयम सेवक शिक्षक छन । बिद्यालयको कार्यालय कोठा छ तर एकै कोठामा बिचमा काठले बारेर एकातिर कार्यालय र अर्कोतिर कक्षाकोठा बनाइएको छ त्यहि कार्यालयमा पनि बाहिरको घाम पानि सिधै छतबाट भित्र प्रबेश गर्नेगर्दछ । सबै निकायमा अनुरोध गरेपनि बिद्यालयको भौतिक संरचना निर्माणको लागि आश्वासन मात्रै दिएको तर कतैबाट सहयोग नपाएको गुनासो बिद्यालयका प्रधानाध्यापक गम बहादुर बुढाले गरे । बुढाले भने सडक्ले काटेर बिद्यालय जोखिममा छ छत छ्याङै परेको छ तर कसैले हाम्रो माग पुरा गरेनन हाम्रो राजनितिक शक्ति कतै छैन ।

 

जनप्रियमा  न्यु होप अर्गनाईजेशन भन्ने संस्थाबाट स्वायम सेवक शिक्षक पठाईदिएको र शिक्षक साथै बिद्यालयमा हरेक बर्ष शैक्षिक सामाग्रि पनि सहयोग गर्ने गरेको छ । अलि हेर्दा गज्जब लाग्ने एक भवन छ त्यो बिनोद शाही भन्ने एक शैक्षिक अभियान्ताले २५ लाखमा बनाइदिएका रहेछन तर त्यो भवन भने हलमा प्रयोग भएको छ । उक्त संस्थाले बिद्यालयमा प्रोजेक्टर,४ थान ल्यापटप र शोलार पनि सहयोग प्रदान गरेका छन । वडा सरकारले एक जना सहयोगि दिएको तर बालविकास केन्द्रमा समेत एकै जनाले धान्न नसक्ने भएकोले निकै धान्न कठिन रहेको प्रधानाध्यापक बुढाले दुखेसो सुनाए ।

जिर्न भवनमा अध्ययन गरी रहेका सयौ बालवालिकाले भने दिवा खाजा पौष्टिकलावा नै खाएको देखिन्छ । अण्डा चना र स्थानीय परिकार खुवाने गरेको बिद्यालयको दावी छ । परिचय खुल्ने परिचयपत्र भिडेका बालवालिकाले खाजाको स

पौष्टिकलावा नै खाएको देखिन्छ । अण्डा चना र स्थानीय परिकार खुवाने गरेको बिद्यालयको दावी छ । परिचय खुल्ने परिचयपत्र भिडेका बालवालिकाले खाजाको समयमा अण्डा खाइ रहेका थिए भने शिक्षकले भने चाउचाउ चना खाइ रहेका थिए । एक जना शिक्षकले भन्दै थिए हाम्रो खाजा भने हामीले नै ब्यावस्थापन गरेका हौ बालवालिकालाई बाहिरको जंगफुड खान दिदैनौ । जनप्रिय आधारभुत बिद्यालयको समस्या नगरपालिकाको शिक्षा शाखालाई सुनाउदा तत्काल बिद्यालयमा गएर वास्तविक अबस्था हेरेर कुनु कुन निकायले केके सक्ने सकेको सुधार गर्ने शिक्षा शाखा प्रमुख भिम बहादुर थापाले प्रतिबद्धता जनाए ।

आसा छ सबै सरोकारवाला निकायको ध्यान पुग्नेछ र केहि हद सम्म सुधार हुनेछ । स्थानीय सरकार अभिभाबक बिद्यालय ब्यवस्थापन समिति र सरोकारवाला निकायले एक साथ काम गरे बिद्यालयको जिर्न भौतिक अबस्था सुधार हुन कुनै समय लाग्नेछैन । यि त नमुना मात्रै हुन यसैगरि हरिबिजोग अबस्थमा रहेका सरकारी बिद्यालय भने दर्जनौ रहेका छन । समयमा सबैले नसोचे सयो बालवालिकाको भबिष्य अन्धार नै रहनेछ ।

सम्बन्धित शीर्षक