जेआर कर्णाली स्कुलको दौड प्रतियोगिता : छात्रमा श्रीकृष्ण र छात्रामा सनदिशा प्रथम

खेलकुद क्षेत्रको विकास गर्नको लागि पहिलो पटक जिनि विद्यालयबाट दौड प्रतियोगिताको सुरुवात भएको छ । विगत केहि वर्ष देखि जुम्लाका कर्णाली खेलकुद क्लब बाँहेक अन्य निकायबाट दौड प्रतियोगिता भएको छ्रन् । तर, यो वर्षबाट निजि विद्यालयको आयोजनामा जुम्लामा पहिलो पटक ५ किलोमिटरको अण्डर १६ दौड प्रतियोगिता भएका छ । जेआर कर्णाली स्कुल जुम्लाको आयोजनामा भएको प्रतियोगितामा अन्य विद्यालयका विद्यार्थीको पनि उत्साहजनक सहभागिता रहेको छ ।

प्रथम जेआर कर्णाली स्कुल दौड प्रतियोगिताको छात्र चर्फको उपाधि जनता माध्यमिक विद्यालय महत गाउँका श्रीकृष्ण सुनार र छात्रातर्फको उपाधि जीपी बोर्डिङ स्कुल उथ्र्रुका सनदिशा सुनारले प्राप्त गर्नु भएको छ । श्रीकृष्ण सुनारले ५ किलोमिटर दुरी १८ मिनेट १५ सेकेण्डमा पार गर्नु भएको भने सोहि दुरी छात्रातर्फ सनदिशा सुनारले २५ मिनेट २२ सेकेण्डमा पुरा गर्नुभयो । यसैगरी? छात्रतर्फ द्धितिय स्थान हासिल गर्ने चन्दननाथ माविका लोकेश बुढाले १९ मिनेट ५२ सेकेण्डमा ५ किलोमिटर दुरी पार गर्नु भएको हो ।

यस्तै तृतिय स्थान हासिल गर्ने चन्दननाथ माविकै आशिष शाहीले १९ मिनेट ५९ सेकेण्डमा ५ किलोमिटर दुरी पार गर्नु भएको छ । छात्रातर्फ द्धितिय स्थान हासिल गर्ने जिपि बोर्डिङ स्कुल उथु्र्रका ऋतु रोकायाले २६ मिनेटमा ५ किलोमिटर दुरी पार गर्नु भएको हो । तृतिय स्थान हासिल गर्ने आयोजक जेआर कर्णाली बोर्डिङं स्कृलका नारायणी न्यौपानेले २६ मिनेट ३५ सेकेण्डमा ५ किलोमिटर दुरी पार गर्नु भएको छ ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक फुर्वा शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार, संस्थागत विद्यालय ३ र ४ वटा सामुदायिक विद्यालयका विद्यार्थीको सहभागिता रहेको बताउनु भयो । यस्तै किर्डाक नेपाल जुम्लाका आरसि बालबालिकाले पनि उक्त दौड प्रतियोगितामा भाग लिएको उहाँको भनाइ छ । शेर्पाका अनुसार, खेल क्षेत्रले पनि विद्यार्थीको सर्वाङगिण बिकासमा टेवा पुग्ने बताउनु भयो ।

यस्तै जेआर कर्णाली बार्डिङ स्कुलका सहायक प्रधानाध्यापक अमरनाथ योगीका अनुसार प्रतियोगितामा जुम्लाका सामुदायिक र संस्थागत गरि ८ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको बताउनु भयो । उहाँले भन्नुभयो, प्रतियोगितामा जम्मा ६८ जनाको सहभागिता रहेको थियो । दौड प्रतियोगिता विद्यालयको चौरबाट सुरु भएर हुला कार्यालय हुँदै बसपार्क, कालेखोली भएर खोलिकोटबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदै चन्दननाथ भैरवनाथ मन्दिर अगाडि पुगेर समाप्त भएको बताउनु भयो । दौड प्रतियोगिताको उद्घाटन सांसद ज्ञानेन्द्र शाहीले सिटी बजाएर गर्नु भएको थियो ।

विद्यार्थीको मनोबल बलियो बनाउन दौड प्रतियोगिताले सहयोग गर्ने शाहीको भनाइ छ । निजि विद्यालयबाट सुरुवात भएको प्रतियोगिता सफलताको उहाँले शुभकामना दिनु भएको छ । यस्तै धावक हरी वहादुर रोकायाले निजि विद्यालयबाट भएको दौड प्रतियोगिता प्रशंसा गर्न योग्य रहेको बताउनु भयो । २०७५ सालबाट कर्णाली खेलकुद क्लबले आयोजना गर्दै आएको जुम्ला राराअल्ट्रा म्याराथनको प्रभावले निजी विद्यालय स्तरबाट प्रतियोगिता हुनु सुखद पक्ष भएको रोकायाको भनाइ छ ।

विद्यार्थीलाई पढाईका साथै खेलकुद क्षेत्रमा जोड्ने कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन उहाँले सुझाव दिनु भएको छ । दौड प्रतियोगितालाई आगामी वर्षमा पनि निरन्तरता दिने विद्यालयले जनाएको छ । विद्यार्थीलाई किताबि ज्ञानमा मात्रै सिमित नगरि अतिरिक्त क्रियाकलापमा सहभागी गराउन दौड प्रतियोगिताको गरिएको जेआर कर्णाली बोर्डिङ स्कुलले जनाएको छ ।

सम्बन्धित शीर्षक