चन्दननाथ नगरपालिकालाई बालबालिकाका २१ माग

लक्ष्मी न्यौपाने,जुम्ला ।
जुम्ला चन्दननाथ नगरपालिकाका बालबालिकाहरुले चन्दननाथ नगरपालिकालाई २१ बुदे मागपत्र पेस गरेका छन । नीति तथा कार्यक्रम र बजेट बनाउने दिन नजिकिदैं गर्दा उनीहरुले पालिकामा रहेका बालबालिकाका सवालहरु र समाधानहरु बारेमा समेटिएको माग पत्र बुझाएका हुन ।
उनीहरुले चन्दननाथ नगरपालिकालका मेयर राजुसिंह कठायत,उपमेयर रामुदेबी खड्का र प्रमुख प्रशासकीय अधिकृत सीताराम खड्कालाई भेटेर माग पत्र बुझाएका हुन । किर्डाक नेपाल र वल्र्डभिजनको आर्थिक सहयोगमा बालबालिकाहरुलाई तालिम दिएपछि बालबालिकाहरु आफ्नो हक अधिकारीको लागि अग्रसर भएका हुन । नगरप्रमुख कठायतले बालबालिकाका मागहरु सान्दर्भिक भएको भन्दै उचित संवोधनका लागि पहल गर्ने बताए ।
बालविवाह,लागुऔषध दुव्र्यसनी,सामाजिक अन्धविश्वास,जातीय विभेद,छुइप्रथा र लैगिंक हिंसाबारेमा बालक्लव,बालबालिका,शिक्षक,अभिभावक र धामीझाँक्रीलाई तालिम दिनुपर्ने,हरेक बस्तीमा सन्देशमुलक नाटक र घरदैलो कार्यक्रम गर्नुपर्ने,बालमैत्री धारा निर्माण गर्नुपर्ने,छात्रा छात्रको छुट्टा छुट्टै शौचालय हुनुपर्ने र स्यानेटरी प्याड डिस्पोज र व्यवस्थापन गर्नुपर्ने माग राखेका हुन ।
किशोरीलाई सेनेटरी प्याडको उपलब्धता र प्याड प्रयोगको फाईदाको बारेमा जानकारी दिनुपर्ने,शैक्षिक अवस्था सुधारका लागि पालिकास्तरीय पढाई तथा सिकाइमेला गर्नुपर्ने,विद्यालय बाहिर रहेका वालवालिकालाई विद्यालयको पहुंच सम्म ल्याउनुपर्ने,उनीहरुको पठनपाठन,पोशाक खर्च देखि जीवन उपयोगी सीप दिने नीति ल्याएर कार्यन्वयन गर्नुपर्ने,बाल नेतृत्व विकास,सुशासन,नीति र नैतिकता सम्बन्धि तालिमको व्यवस्थापन हुनुपर्ने,विद्यालय छोडेका,असाहय,अपांगता भएका,टुहुरा अति विपन्न दलित बालबालिकाहरुको उत्थान र शैक्षिक पहुंच विस्तार गर्न छात्रबृत्ति दिने नीति ल्याउनुपर्ने,बालश्रम अन्त्य गर्न नीतिगत व्यवस्था गरि कार्यन्वयन गर्नुपर्ने,पालिकास्तरमा आफ्नै आचारसंहित बनाएर बालबालिकाको आचरण सुधार गर्नुपर्ने माग समेत उनीहरुको छ ।
यसैगरी बालबालिका सम्बन्धि क्रियाकलापको संयुक्त अनुगमन गर्ने,खेलकुद तथा सांस्कृतिक कार्यक्रम गर्ने,गाउँ टोल, व्यक्तिगत सरसफाई पोषण सम्बन्धि घरदैलो अभियान,सडक नाटक अभियान चलाउनुपर्ने,प्रत्येक विद्यालयमा डिजिटल सिकाईका लागि कम्प्युटर लगायतका अन्य उपकरणको उपलब्धता,विज्ञान प्रयोगशाला स्थापना,सरोकारवालाहरु संग छलफल बहस र अन्तरक्रिया गर्ने,सामाजिक सञ्जाल,रेडियोहरु,पत्रपत्रिकामा सन्देशहरु,जिंगलहरु बनाएर प्रसारण तथा प्रकाशन गर्नुपर्नेमा जोड दिइएको छ ।
विद्यालयमा पुस्तकालयको व्यवस्था,स्टेचर,प्राथमिक उपचार बक्स,शिक्षक र विद्यार्थीहरुलाई आधारभुत स्वास्थ्यबारे तालिम दिइनुपर्ने,वडा तथा पालिकास्तरमा बालबालिका सम्बन्धि प्रोफाइल बनाउनुपर्ने,बालमैत्री स्थानीय शासन घोषणा गर्नको लागि बालक्लव,बालअधिकार सञ्जाल,शिक्षक,विद्यालय व्यवस्थापन समिति,पालिका तथा वडास्तरका कर्मचारीहरुलाई तालिम प्रदान गर्नुपर्ने समेत माग पत्रमा समेटिएको छ ।
बालबालिकाहरुका लागि व्यवहारगत शिक्षा प्रदानको लागि नीति निर्माणको काम गरी प्रभावकारी कार्यन्वयन गर्नुपर्ने,विद्यालयमा खेलकुद सामाग्री,पुस्तकालयको व्यवस्था र दिवाखाजाको व्यवस्थित अनुगमन गर्नुपर्ने,नीजि विद्यालयहरुको अनुगमन गरि शैक्षिक स्तर अभिवृद्धिका लागि आवश्यक पहल गरेर निर्देशन गर्न माग गरिएको किडार्क नेपालका श्रीराम थापाले जानकारी दिए ।
बालक्लवकी अगुवा अनिता नेपालीले बालबालिका भविष्यका कर्णधार भएकोले चन्दननाथ नगरपालिकाले जिम्मेवार हुनुपर्ने बताइन् । महिला बालबालिका शाखा प्रमुख पुष्पा थापाले बालबालिकाले समयमै नगरपालिकाको ध्यान केन्द्रीत गराएको खुुसी व्यक्त गरिन । माग पत्र बुझाउन बालबालिकाहरु नगरपालिका पुगेका हुन ।

सम्बन्धित शीर्षक