युवा संघ जुम्लाको अध्यक्षमा बुढ्थापा

नेकपा एमाले निकट युवा संघ नेपाल जुम्लाको अध्यषमा कमल बुढ्थापा चयन भएका छन । युवा संघ जुम्लाको भेलाले बुढ्थापालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । उनी पुर्वाञ्चल विश्वविद्यालय अन्र्तगत सिआइटी कलेजेको सचिव हुदै जुम्ला युवा संघको अध्यक्षमा पुगेका हुन । २०६५ साल देखि कलेजमा राजनीति शुरु गरेका बुढ्थापाले काठमाण्डौँमा बसेर पनि काम गरेका थिए ।
अध्यक्ष बुढ्थापाले भने,‘ युवा संघले काम चलाउ सरकारले गरेका अनैतिक क्रियाकलापको भण्डफोर गर्नेछ । समाजमा सकरात्मक कार्यको थालनी गर्नेछ । ’
जिल्लामा भएका अनैतिक क्रियाकलाप जस्तै महँगी कालोबजारी जस्ता विकृतिका बारेमा भण्डाफोर गर्दै सुशासन कायम गर्न पहल थाल्ने उनले बताए । उनले नेकपा एमाले निकट युवा संघको जुम्लामा गठित समिति नै आधिकारीक भएको दाबी गरे । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल प्यानलको उनी युवा संघ जुम्लाको अध्यक्ष बनेका हुन ।
कार्य समिति गठनमा नेकपा एमाले जुम्लाका अध्यक्ष तिर्थबहादुर बुढा,सचिव आदीप्रसाद न्यौपने,प्रदेश समिति सदस्य देविलाल थापा,युवा नेता भिम थापा लगायतको उपस्थिती थियो ।

सम्बन्धित शीर्षक