जुम्ला रारा अल्ट्रा म्याराथनकाे ४९ किलोमीटर दौडमा जुम्लाका धिर बुढा प्रथम

जुम्ला। जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियाेगिताकाे जुम्लादेखि मुगुको राराताल सम्म रहेको ४९ किलोमीटर दौडमा जुम्लाको कनकासुन्दरी गाउँपालिका – १ का धिर बुढा प्रथम स्थान हासिल गरेका छन् ।

कर्णाली स्पोर्टस् क्लब जुम्लाद्वारा आयोजित पाँचौं संस्करणको जुम्ला‐रारा अल्ट्रा म्याराथनमा दाेस्रो स्थानमा जिल्लाकाे तातोपानी गाउँपालिका-७ का दल कुवर,तेस्रोमा कनकासुन्दरी- ३ का शेर बहादुर बुढा र चाैथाैमा कनकासुन्दरी -२ का चन्द रावत रहेको क्लबका अध्यक्ष सराेज शाहीले जानकारी दिनुभयो । ४९ किलोमिटर महिलातर्फ प्रथम स्थानमा खाेटाङकी प्रिया राई,दाेस्रोमा जुम्लाको गुठिचाैर गाउँपालिकी राज्यलक्ष्मी रावत , तेस्रोमा जिल्लाकाे तिला गाउँपालिकाकी अनिता बुढा रहेको क्लबका अध्यक्ष शाहीकाे भनाइ छ।

४९ किमीतर्फ प्रथम हुने धावकलाई एक लाख, दोस्रो हुने धावकलाई ७५ हजार, तेस्रो हुने धावकलाई ५० हजार, चौथो हुनेलाई २० हजार र पाँचौँ हुने धावकलाई २० हजार पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष शाहीले जानकारी दिनुभयो । म्याराथनमा स्वदेशी तथा विदेशी गरि ८० जना धावकहरु सहभागी भएको क्लबले जनाएको छ। जुम्ला‐रारा अल्ट्रा म्याराथनतर्फ खुला ४९ किमी, खुला पाँच किमी, बालबालिकास्तरीय एक किमी, विद्यालयस्तरीय पाँच किमी, ज्येष्ठ नागरिक, बुबाआमा दौड एक किमी, कर्मचारीस्तरीय पाँच किमी र उद्योग तथा व्यापारीस्तरीय पाँच किमी दौड प्रतियोगिता भएको  क्लबले जनाएको छ।

विश्वभर खेल पर्यटनलाई चिनाउनका लागि र कर्णाली प्रदेशलाई खेलका माध्यमबाट परिचित गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको कर्णाली स्पोर्टस् क्लबले जनाएको छ। जुम्ला‐रारा अल्ट्रा म्याराथनमा प्रथम हुनुभएका धावक धिर बुढाले  भन्नुभयो ,” स्वदेशी तथा विदेशी धावकसंग प्रतिस्पर्धा गर्ने पाउँदा मेरो लागि खुसिकाे क्षण हाे । दुई महिनाको कडा तालिमले याे सफलता मिलेको हाे । मेरो दाैड प्रतिकाे रुचि २०६६ सालमा प्रथम राष्ट्रपति रनिङ शिल्डकाे महादेव माविबाट सुरु भएको थियो ।”

विशेषगरी राष्ट्रिय स्तरमा हुने दाैड प्रतियाेगितामा सफल भएर गाउँ र जिल्लालाई चिनाउन उदेश्यले मेहनत गरेपछि एकपटक सफलताको काधमा पुगिने रहे छ। खेलाडीलाई स्थानीय सरकारबाट जुन हिम्मत र हाैसला पाउनु पर्ने हाे पाउन नसकिएको धावक बुढाले जानकारी दिनुभयो

सम्बन्धित शीर्षक