आगो निभाउने गएका १६ सैनिक घाइते, ४ जना सिकिस्त

डोल्पा । आइतवार दिउँसोदेखि लागेको आगलागीमा परी नेपाली सेनाका ४ सैनिक गम्भिर घाइते भएका छन् । डोल्पाको सदरमुकाम दुनै नजिकै रहेको ठुलीभेरी नगरपालिका ३  स्थित मष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा उनीहरु घाइते भएका हुन् । अन्य १२ सैनिक भने सामान्य घाइते भएका छन् ।

आइतबार लागेको आगो सोमबारसम्म पनि नियन्त्रणमा नआएपछि डोल्पाकै देविदत्त गुल्म भदालेचौर दुनैमा रहेका सैनिकहरु आगो नियन्त्रणमा खटिएका थिए । तर हावाहुरीले स्थित नियन्त्रणबाहिर गएपछि उनीहरुलाई समेत आगोले पोलेको हो । उक्त गुल्मबाट खटिएका १६ सैनिकमध्ये १२ जनालाई सामान्य चाेट लागेकाे र ४ जना भने गम्भिर घाइते भएको जनाइएको छ ।

गम्भीर घाइते हुनेमा वर्ष ३० का प्युठ विजय कोईराला , वर्ष ३८ का जमदार केसर बहादुर जर्दा मगर , वर्ष २३ का सिपाही अशिस बुढा र बर्ष २८ का सिपाही हेमन्त रावत रहेका छन् । उनीहरुको उद्धार गरी जिल्ला अष्पताल दुनैमा उपचार भइरहेको छ  ।

त्यस्तै उनीहरुको अवस्था गम्भिर भएका कारण थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । उनीहरुलाई हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको हो ।

उता आगलागी भने अझै नियन्त्रणमा आउन सकेको छ्रैन । सेनाको ब्यारेक क्षेत्रको फोहोर जलाउने क्रममा आगो जंगलमा सल्किएको बताइएको छ ।

सम्बन्धित शीर्षक