जुम्लामा प्रथम बृहत्त कुषि  पर्यटन, ब्यापार तथा सांस्कृतिक महोत्सव सुरु

लक्ष्मी न्याैपाने

जुम्लामा प्रथम बृहत्त कुषि  पर्यटन, ब्यापार तथा सांस्कृतिक महोत्सव सुरु भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जुम्लाको आयोजना र एके ईभेण्ट बहुउदेश्यिय प्रालि सुर्खेतको समन्वयमा महोत्सव सुरु भएको हो । महोत्वसका प्रतिनिधिसभा सदस्य बिनिता कठायतले उद्घाटन गर्नु भएको छ । जुम्ला बजारको सुन्दर रमणिय वातावरण राजासिममा महोत्सव आयोजना गरिएको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जुम्लाका अध्यक्ष कर्ण बुढथापाले बताउनु भयो ।

उहाँका अनुसार, जुम्लाको कृषि, पर्यटन, ब्यापार तथा साँस्कृतिक र जुम्लाको भाषा, भेषभुषा लगायतका बस्तु झल्काउने उद्देश्यले बृहत्त जुम्ला कृषि, पर्यटन, ब्यापार तथा साँस्कृतिक महोत्सव सुरु गरिएको बताउनु भयो । जुम्लाको हाल सम्मकै लामो र ऐतिहासिक प्रथम महोत्सवमा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुत रहने बताउनु भयो । महोत्सवमा जुम्लाको कृषिसँग सम्बन्धित विभिन्न ५०÷६० स्टल बुक भएका छन् ।

उहाँका अनुसार जुम्लाका स्थानीय कलाकारलाई विशेष प्रथामिकता दिईने बताउनु भयो । ब्यानरमा राखिएका सबै राष्ट्रिय कलाकारलाई जुम्लामा ल्याईने राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जुम्लाका सचिव विश्वराज खत्रीले बताउनुभयो । उहाँका अनुसार, महोत्शवमा जुम्लाका स्थानीय कलाकारहरुको लागि देउडा प्रतियोगिता, नृत्य प्रतियोगिता र दोहोरी प्रतियोगिता संचालन हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, प्रतियोगितामा सेमिफाईनलबाट भोटिङ स्टिम हुने बताउनु भयो । आफुले मन परेको टिम वा व्यक्तिलाई भोट हालेरर बिजयी गराउने सक्ने आयोजकले जनाएको छ । सचिव खत्रीका अनुसार १० दिन सम्म संचालन हुने महोत्सवमा विद्यार्थीका लागि प्रबेश शुल्क १ सय, आम सर्वसाधारणलाई १ सय ५० रुपैया र अपाङ्गताबाट प्रभावित व्यक्ति र ज्येष्ठ नागरिकलाई कार्डका आधारमा निःशुल्क गरिने आयोजकले जनाएको छ ।

भने प्रतिस्टललाई प्रतिदिन एक हजारका दरले शुल्क लिईने जनाइएको छ । प्रथम बृहत्त जुम्ला महोत्सवको उद्घाटनमा बोल्दै सांसद कठायतले जुम्ला जस्तो ठाउँमा यति लामो महोत्सव संचालन गर्नु चुनौतिको बिषय भएको बताउनुभयो । नेपालका तिनवटा सभ्यता मध्ये जुम्लाबाट उत्पति भएका खष सभ्यतालाई संरक्षण गर्नु पर्ने उहाँको भनाइ छ । काठमाण्डौँको नेवा सभ्यता, जनक पुरको मिथिला सभ्यता र जुम्लाको खष सभ्यता नेपालका प्रमुख सभ्यताहरुमा पर्ने कठायतको भनाइ छ ।

उहाँले भन्नुभयो, अहिलेका बालबालिकालाई जुम्लाका खष सभ्यताका विषयमा जानकारी गराउनु पर्छ । सभ्यता बचे संस्कृत बच्ने उहाँका भनाइ छ । यस्तै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले संस्कृतिको संरक्षण गर्न आयोजना गरिएका महोत्सव सफलताको शुभकामना दिनु भएको छ । आर्थिक मन्दिले व्यापारीको सटर बन्द भएका बेला आयोजना गरिएको महोत्सवले राहत पुग्ने उहाँको भनाइ छ ।

यस्तै हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मण वहादुर शाही, गुठीचौरका अध्यक्ष दानवहादुर बुढा र पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले महोत्सवले संस्कार संस्कृति संरक्षण हुने आश्य व्यक्त गर्नु भएको छ । उनिहरुले महोत्सव जुम्लाको सान भएकाले सबै क्षेत्रबाट सहयोग हुनु पर्ने बताउनु भएको छ ।

जुम्लामा रहेका कृषि, पर्यटन, व्यापार, भेषभुषा, रहन सहनको संरक्षण हुनुका साथै जुम्लालाई शंसार भरि चिनाउन महोत्सवले सहयोग गर्ने उ

सम्बन्धित शीर्षक