तातोपानी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

लक्ष्मी न्याैपाने

तातोपानी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जन्मेदेखि १५महिना सम्मका २ सय ९४र १६देखि ५९महिना सम्म का ६३१गरि जना बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएको हुनाले पालिकालाई पूर्ण खोप तथा दिगोपना घोषणा गरिएको हो । यस्तै ९२५ जना बालबालिकाले पूर्ण खोप लगाएको तातोपानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरु प्रसाद चाैलागाईले बताउनु भयो । उहाँका अनुसार, खोप लगाउन छुटेका ५जना बालबालिकालाई खोजेर खोपेर खोप लगाए पछि सिंगो गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जानकारी गराउनु भयो ।

सबै बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने खोप लगाएपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको चाैलागाईले बताउनु भयो । उक्त कार्यक्रममा
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले खोपले भविष्यमा आई पर्ने स्वास्थ्य समस्या हल हुने बताउनु भयो । उहाँका अनुसार, स्वथ बालबालिका बनाउनका लागि खोप अनिवार्य भएको बताउन भयो ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चाैलागाईले राज्यले निःशुल्क दिने सबै खोपहरु नछुटाउन अनुरोध गर्नु भएको छ । पालिका भरीका बालबालिकाले सबै प्रकारका खोप लगाएको हुनाले संक्रमण हुने डर न्युन रहेको उहाँको भनाइ छ ।

तातोपानी गाउँपालिका प्रमुख प्रशासकिय अधिकुत तिर्थ कठायतले बालबालिकालाई नेपाल सरकारले निःशुल्क उपलब्ध गराएको खोप लगाइएको छ, उहाँले भने, खोपले जीवन र पैसा दुबै बचाउँछ । त्यसैले आगामी दिनमा बालबालिकालाई नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका खोप दिलाउनु सबैको उत्तिकै भूमिका हुने उहाँको भनाइ छ ।
तातोपानी गाउँपालिका वडा न ५ का वडा अध्यक्ष छिरिङ महतले खोप बालबालिकाका लागि महत्वपूर्ण भएको बताउनु भयो ।बालबालिकालाई नेपाल सरकारले उपलब्ध गराउने सबै प्रकारका खोपको मात्रा पुरा गर्ने, कसैलाई पनि नछुटाउने र खोप सम्बन्धी कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता उहाँले गर्नु भएको छ ।

महिला स्वमसेबिका धनलक्ष्मि पाडेले खोपले बालबालिकाको वृद्धि विकासमा सहयोग गर्ने बताउनु भयो ।सबै प्रकारकार खोप लगाएमा प्राण घातक रोगहरु लाग्नबाट बच्न सकिने उहाँको भनाइ छ ।

घोषणा सभा कार्यक्रमका वक्ताहरुले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि आ–आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।  गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइ सकेकाे छ। घोषणा कार्यक्रम प्रत्येक वर्ष हुने गरेको छ । ६८ जना महिला स्वमसेबिका लाई गत बर्ष माेबाईल र याे साल पनि ६८ जना महिलास्वम सेबिकालाई झाेला बितरण गरिएकाे थियोे चाैलागाईले बताउनु भयाे।

सम्बन्धित शीर्षक