तिला गाउँपालिका भित्रका ७ वटा सामुदायिक विद्यालयमा सामग्री वितरण

लक्ष्मी न्यैपाने।

तिला गाउँपालिका भित्रका ७ वटा सामुदायिक विद्यालय र एउटा स्वास्थ्य संस्थामा बसाई व्यवस्थापनका सामग्री वितरण गरिएको छ । आधारभुत तहमा अध्ययनरत बालबालिकाको बसाई व्यवस्थापनमा सहजता गर्नको लागि सामग्री वितरण गरिएको हो । बालमैत्री बसाई व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले तिलाका ७ वटा सामुदायिक विद्यालयमा बसाई व्यवस्थापन सामग्री वितरण गरिएको किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक दिपराज रावतले बताउनु भयो ।

उहाँका अनुसार, सरस्वति आधारभुत विद्यालय पोख्री, मालिका आधारभुत विद्यालय तलि खोप्रि, कालिका आधारभुत विद्यालय तुहि, ज्योति मावि मालापानि, देउराली मावि जुम्लाकोट, देवि देउरालि मावि पुरु, नदैदेवि आधारभुत विद्यालय माथि खोप्रि र घोडे बर्थिङ्ग सेन्टरमा बसाई व्यस्थापनका सामग्री वितरण गरिएको बताउनु भयो । प्रत्येक विद्यालयमा १ लाख ३९ हजार २ सय ६४ रुपैयाँ बराबरको बसाई व्यवस्थापनका सामग्री उपलब्ध गराईएको जिल्ला संयोजक रावतको भनाइ छ । उहाँका अनुसार, प्रत्येक विद्यालयमा बसाई व्यवस्थापनका लागि सामग्री वितरण गरिएको जानकारी गराउनु भयो ।

बालमैत्री कक्षा कोठा निर्माणका लागि ७ वटा सामुदायिक विद्यालयमा सामग्री उपलब्ध गराईएको उहाँको भनाइ छ । सरस्वति आधारभुत विद्यालय पोख्रीमा ४८ मिटर कार्पेट, ९६ मिटर पिपिफर्म, राउण्ट टेबुल ८ वटा, जुत्ता राख्ने ¥याक २ वटा र २० वटा कुसन वितरण गरिएको रावतले बताउनु भयो । यस्तै मालिका आधारभुत विद्यालय तलि खोप्रिमा ४८ मिटर कार्पेट, ९६ मिटर पिपिफर्म, राउण्ट टेबुल ६ वटा, जुत्ता राख्ने ¥याक १ वटा र कसुन २० वटा वितरण भएको उहाँले बताउनु भयो । जिल्ला संयोजक रावतले कालिका आधारभुत विद्यालय तुहिमा ६४ मिटर कार्पेट, १२८ मिटर पिपिफर्म, राउण्ट टेबुल १० वटा, जुत्ता राख्ने ¥याक २ वटा र २५ वटा कुसन दिईएको बताउनु भयो ।

यसैगरी, ज्योति मावि मालापानिमा ४८ मिटर कार्पेट, ९६ मिटर पिपिफर्म, राउण्ट टेबुल १० वटा, जुत्ता राख्ने ¥याक २ र २० वटा कुसन दिइएको रावतले बताउनु भयो । देउराली मावि जुम्लाकोटमा ५६ मिटर कार्पेट, ११२ मिटर पिपिफर्म, राउण्ट टेबुल १० वटा, जुत्ता राख्ने ¥याक २ वटा र २५ वटा कुसन दिईएको छ । देवि देउरालि मावि पुरुमा ४८ मिटर कार्पेट, ९६ मिटर पिपिफर्म, राउण्ट टेबुल १० वटा, जुत्ता राख्ने ¥याक २ वटा र कुसन २० वटा उपलब्ध गराईएको जिल्ला संयोजक रावतको भनाइ छ ।

यस्तै नदैदेवि आधारभुत विद्यालय माथि खोप्रिमा ४८ मिटर कार्पेट, ९६ मिटर पिपिफर्म, राउण्ट टेबुल ६ वटा र जुत्ता राख्ने ¥याक १ वितरण भएको उहाँको भनाइ छ । घोडे बर्थिङ्ग सेन्टरमा ४० मिटर कार्पेट र ८० मिटर पिपिफर्म वितरण गरिएको उहाँले बताउनु भयो । ७ वटा सामुदायिक विद्यालय र एउटा स्वास्थ्य संस्थामा करिब ११ लाख रुपैयाँ बराबरको बसाई व्यवस्थापनको सामग्री वितरण गरिएको रावतले जानकारी गराउनु भयो । बसाई व्यवस्थापन सामग्रीले बालमैत्री कक्षा व्यवस्थापन गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । चिसो भुईमा धुलोमा बसेर पढ्नुपर्ने बाध्यताको अन्त्य गर्न र बालबालिकालाई विद्यालय नियमित आउने वातावरण तय गर्न सामग्री वितरण गरिएको उहाँको भनाइ छ ।

वल्डभिजन इनटरनेशनल नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाबाट संचालित समुदायमा आधारित बाल स्पन्सरसिप परियोजनाबाट सिंजा क्षेत्र विकास कार्यक्रम अन्तर्गत बसाई व्यवथापनका सामग्री वितरण गरिएको हो । बसाई व्यवस्थापन सामग्रीले गुणस्तरिय शिक्षा अभिबृद्धि र स्वास्थ्यमा सहयोग पुग्ने तिला गाउँपालिका जुम्लाका अध्यक्ष मोतिलाल रोकायाले बताउनु भयो । धुलोमा बसेर अध्ययन गर्न बाध्य बालबालिकाको बसाईमा सहयोग पुग्ने उहाँको भनाh

सम्बन्धित शीर्षक