निगालोको चोयाबाट रहरलाग्दा सामग्री बनाइदैं

लक्ष्मी न्यौपाने,जुम्ला,
जुम्लाको तातोपानी गाउँपालिका वडा न चारका किसानले निगालोको चोयाबाट रहर लाग्दा सामग्री बनाउन थालिएको छ । तातोपानी ४मा १५ दिनकाे तालिमको आयोजना गरेर किसानहरुलाई निगालोको चोयाबाट विभिन्न सामग्री बनाउन सुरु गरिएको हो । सामाजिक बिकास कार्यालय जुम्ला र तातोपानी गाउँपालिका वडा न ४काे समन्वयमा किसानहरुलाई तालिम दिइएको थियो ।

तालिममा तातोपानी ४का १०जना दलित किसानहरुकाे सहभागि थिए । सामाजिक बिकास कार्यालय जुम्लाले कच्चा पदार्थ संकलनमा सहयोग गरेको थियो । बारेकाेट गाउँपालि जाजरकोट बाट वीर बहादुर राेकाया प्रशिक्षक ल्याईएकाे थियो । सहभागिहरुलाई खाना,नास्ता,आवास र व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्री सामाजिक बिकास कार्यलय जुम्लाले गरेको थियो ।

सामाजिक बिकास कार्यलय जुम्लाका प्रमुख तुल राज चाैलागाईले दलित जनजातिकाे परम्परागत सिपलाई जगेना र स्थानीय स्रोत साधनको प्रवद्र्धन तथा रोजगार सिर्जना गरी विपन्न बर्गलाई सीप सिकाई व्यवसायी बनाएर जिविकोपार्जनमा सुधार ल्याउने उद्धेश्यका साथ तालिमको आयोजना गरिएको जानकारी दिए ।।
जिल्ला समन्वय समिति जुम्लाका समन्वय प्रमुख गाैरिनन्द आचार्यले तालिमका सहभागीलाई सीप सिकेर तालिममा व्यवहारमा उतारनु पर्न बताउनु ।।
तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाई ले
निगालाका सामाग्री उम्पादन गर्न काे लागि निगाला लाई जाेगाई राख्नु पर्ने र यसलाई निरन्तरता दिन पने बताए ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जुन ठाउँमा सम्भावना छ। यसलाई प्रथामिकता दिनु पर्ने र मानिसले जुन सीप जानेकाे छ। तेहि अनुसार तालिम दिएर अगाडि बढाउनु पर्ने बताउए ।

तातोपानी गाउँपालिका वडा न चारका अध्यक्ष अमर राेकायाले पहिले निगालोको चोयाबाट बनेका सामग्री उत्पादन गरेकाे चार नम्बर वडामा बिकि गर्ने पछि वडाले बजारि करण काे व्यवस्था गरिदिने बताउनु भयाे ।।दलि
दैनिक ज्यालामा आश्रित परिवार, प्रगतिशील किसानहरु समेटिएको उनले बताए।
तालिमका सहभागीले बनाएकाे स्याकु छाप्नी सुपाे डालाे सामाजिक बिकास कार्यलयलाई हस्तान्तरण गरेको कार्यलय प्रमुख चाैलागाईले बताउनु भयाे।।

 

सम्बन्धित शीर्षक