जुम्लामा बाख्रा चराउन गएकी एक बालिकाको करेन्ट लागेर घटनास्थलमै मृत्यु

जुम्लामा बाख्रा चराउन गएकी एक बालिकाको करेन्ट लागेर घटनास्थलमै मृत्यु

भएको छ।

सिंजा गाउँपालिका– ३ छ्यानीगाडा निवासी १२ बर्षीया नवीना गिरीको करेन्ट लागेर मृत्यु भएको सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।

गाउँदेखि १५ मिनेटको दूरीमा पर्ने पेटा ढुंगा भन्ने स्थानमा बाख्रा चराउन गएकी बालिकाको करेन्ट लागेर मृत्यु भएको हो। करेन्ट लागेर सोही गाउँका ७५ वर्षीया हरिकृष्ण गिरी घाइते भएका छन्।

घटनास्थलमा प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। घाइते गिरीलाई उपचारका लागि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल लगिएको छ।

सम्बन्धित शीर्षक