कविताबाट बलात्कारको बिरोध

सुर्खेतः सुर्खेतमा कविता बाचन गरेर बलात्कारका घटनाको बिरोध गरिएको छ । बलात्कारका घटनाको न्यूनिकरण र बलात्कारीलाई कानूनी कारबाहीको माग गर्दै शुक्रबार युवाहरुले कविताबाट बलात्कारका घटनाको बिरोध जनाएका हुन् ।

द ह्युमनिटेरिएन्स नेपाल, द परिवर्तन युवा समूह नेपाल र द नेष्ट टार्गेटले आयोजना गरेको कार्यक्रममा ऋषि शर्मा, टीका पाण्डे, विज्ञान राज, आदर्श, सुवाशी योगी, उमेश तिवारी र कपिलनाथ योगीले कविता बाचन गरेको थिए ।

तनाव छ जिन्दगी, ९९३ रेसिङ टिम र आरुष क्रियसनको सहकार्य भएको कवितात्मक बिरोध कार्यक्रममा अनिश ढकाल, सुस्मा गिरी, समिर राना र रोशनी सिंहले बलात्कारीलाई हदैसम्मको कानूनी सजाय हुनुपर्ने धारणा राखेका थिए । कार्यक्रम कपिल नाथ योगीले सञ्चालन गरेका हुन् ।

सम्बन्धित शीर्षक