जुम्लामा निषेधाज्ञा १० दिन थप गर्न सिफारिस, औषधि पसलबाहेक सबै ठप्प


कोभिड १९ संकट व्यवस्थापन केन्द्र जुम्लाले जुम्लाका १० दिन निषेधाज्ञा थप्न जिल्ला सुरक्षा समितिलाई सिफारीस गरेको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले १० दिन कडा निषेधाज्ञा गर्न सुरक्षा समितिलाई सिफारीस गर्ने निणर्य गरेको हो ।निशेधाज्ञा अवधि भर सञ्चालन हुने सरकारी तथा निजि सवारी साधनले अनिर्वाय रूपमा जिल्ला प्रशासन कार्यालय जुम्लाबाट सवारी पास लिएर मात्र सञ्चालन गन निणर्य भएको हो कोभिड-१९ को तिव्र संक्रमण बढेको र जनसमुदायको लापरवाही बढेकोले जेठ १ गते बसेको दिउँसो १२ बजे देखि जेठ महिनाको ११ गतेसम्म औषधी पसल बाहेक सम्पुणर् सेवा ठप्प पार्ने गरि १० दिन सम्म पूणर् निषेधाज्ञा गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निणर्य भएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइँले जानकारी दिए । यसअघि बैशाख २३ गतेदेखि ३१ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । कोभिड-१९ नयाँ भेरियन्ट संक्रमणको रोकथाम तथा नियन्त्रण कार्ययोजना, २०७८ प्रस्तुत गरिएको् थियो । कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न उपस्थित सबै सरोकारवालालाई आग्रह गरिएको उनले बताए । कोभिड १९ संकट व्यवस्थापन केन्द्र जुम्लाले कोरोना संक्रमणको बढ्दो दरलाई मध्येनजर गर्दै हरेक स्थानीयतहमा ५० बेडको आइसोलेसन र ५ बेडको कोरोना अस्पताल सञ्चालनमा ल्याउने निणर्य गरेको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले कोभिड-१९ को नयाँ भेरियन्ट तिव्र रूपमा संक्रमण बढेको हुदा हरेक स्थानीय तहले न्युनतम ५० वेड आइसोलेसन र ५ वेडको कोभिड-१९ अस्पताल सञ्चालनमा ल्याउन आइसोलेसन पूर्वाधार व्यवस्थापन गर्न जुम्लाका सबै पालिकालाई अनिवार्य बनाउन आग्रह गर्ने निणर्य गरेको हो । चिकित्सक व्यवस्थापन कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्ने निणर्य भएको कोभिड १९ संकट व्यवस्थापन समितिले जनाएको छ । कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनस्वास्थ्य सेवा कार्यालयले हरेक पालिकाका स्वास्थ्य शाखाका कर्मचारी संग समन्वय गरि कन्ट्र्याक्ट ट्रेसिङको दायरा बढाउन कार्ययोजना सहित परिक्षणको क्षेत्र बढाउने समेत निणर्य भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । जुम्ला उद्योग वाणिन्य सघं, जुम्लाले आफ्नो सभाहल आइसोलेसनको रूपमा प्रयोग गर्न दिने र २ महिनाका लागि कोभिड एम्बुलेन्स (फ्रि) सेवाको लागि उपलब्ध गराउने प्रतिबद्धता गरेको पनि बैठकमा जानकारी गराइएको थियो ।यसअघि संघीय सांसद गजेन्द्रबहादुर महतले एम्बुलेन्स व्यवस्थापनका लागि संसद विकास कोषको १० लाख रुपैयाँ उपलब्ध गराउने जनाइसकेका छन ।कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट उत्पादनका लागि चाहिने विद्युत आपुर्ति पिक आवर बाहेक अन्य समयमा विद्युत प्राविधिकरण जुम्ला शाखाले उपलब्ध गराउने निणर्य भएको छ । यो संगै जुम्लामा अक्सिजन उत्पादन हुने निश्चित भएको छ ।

सम्बन्धित शीर्षक