८६ वर्षकाे उमेरमा नागरिकता

मुगु । मुगुमा ८६ वर्षीया वृद्धाले नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । मुगुमकामारोङ्ग गाउँपालिका-३ की शिग्याल लामालाई प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले नागरिकता प्रदान गर्नुभएको हो ।

लामो समय भारतमा बस्नुभएकी उहाँले नेपाल आएर नागरिकता लिनुभएको हो । नागरिकता लिएसँगै लामाले सामाजिक सुरक्षा भत्ता पनि पाउने हुनुभएको छ। उहाँले राष्ट्रिय परिचयपत्र पनि बनाउनुभएको छ ।

सम्बन्धित शीर्षक