कालिकोटमा ट्रक दुर्घटना, एक जनाको मृत्यु , एक गम्भीर घाइते

कालिकोटमा भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नरहरीनाथ गाउँपालिका–१ मिलाका एयरपोर्टतर्फ डिजेल र सिमेन्ट लिएर जाँदै बा ५ ख ४६४३ नम्बरको ट्रक दुर्घटनाहुँदा सोही ठाउँका ५८ वर्षीय जयबहादुर विष्टको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा सोही ठाउँका २४ वर्षी ट्रक सहचालक २४ वर्षीय नेत्रबहादुर विष्ट गम्भीर घाइते छन् ।

घाइते विष्टको कालिकोट जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ । ट्रकमा चार जना सवार रहेको र चालक किरणबहादुर भूजा फरार रहेको प्रहरीले जनाएको छ । उकालो मोडमा ट्रक मोड्ने क्रममा ब्रेक नलागेपछि सडकदेखी झण्डै तीस मिटर तल खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित शीर्षक