दशैँँ नजिकिँदै बैँकमा भिडभाड वढ्दै

गणेश रावत,

जुम्लाको राष्ट्रिय वाणिज्य बैँकमा कर्मचारी नहुदा सेवाग्राही लाई सेवा दिन कठिँनाइ भएको छ। राष्ट्रिय वाणिज्य बैँक लिमिटेड शाखा कार्यालय जुम्लामा वडा दशैँँ नजिकिँदै गर्दा भिड धेरै भयको छ । दशैँँ ँको जोहो गर्न आज भोलि बाटै तयारी भइरहेको छ ।

चाडपर्व मा देशविदेशमा रहने दिदि बहिनि दाजु भाइ सम्पूर्ण जम्मा भैई मनाईने गरेकोले बैँकमा पैसा झिक्न जाने को सङ्ख्या भने वडेको छ। बैँकमा विहान ९ वजेबाटै लाईन लाग्न सुरूगरीन्छ । नेपाल आर्मी जवानको डवल दस्तुर मा राजस्व जम्मा गर्न सङ्ख्या ले पनि भिडभाड हुने गरेको शाखा प्रबन्धक चिरञ्जीवी गिरी ले वताउनु भएको छ। उहाँका अनुसार उहाँ जुम्ला आएको एक हप्ता भयको बताउनु भयोको छ ।

१० वजेवाट सुरू भैई ४वजेसम्म आएका सेवाग्राहीलाई राति भयपनि काम गरेरै पठाउने गरेको बताउनु भयो । चाडपर्वमा पिलसिङ झिक्ने ,सरकारी,गैरसरकारी कर्मचारी सबै दशैँको खर्च निकाल्न आउँने गरेकोले भिड्भाड धेरै हुने भयकाले लाइन मार्फत सेवा प्रदान गरेको बताउनु भयो । पहिला टोक्न सिस्टम बाट ढिलो हुने भयकाले लाइन मार्फत सेवा प्रदान गरीयको हो ।

सबै भन्दा ठुलो सङ्ख्या मा सेवाग्राही ले राष्ट्रिय वाणिज्य बैँक लिमिटेड शाखा कार्यालय जुम्लामा सेवा लिँदै आएको वताउनु भएको छ। बैँक मार्फत भत्ता वितरण गर्दा गाउँघरका जेष्ठ नागरिकलाई धेरै दुःख हुनेगरेको जेष्ठ नागरिक लालसिङ वुढालेदुखेसो पोख्नु भयो । आउँदो दशैँ को लागि भत्ता झिकान सदरमुकाम झरनु परेको वताउनु भएको छ।

सम्बन्धित शीर्षक