सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन

सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुर्खेतको वीरेन्द्रनगरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्थाले चाडपर्व लक्षित सुपथ मूल्य पसल असोज १ गतेदेखि सुर्खेतसहित देशका ४३ स्थानमा सञ्चालनमा ल्याएको हो ।

शुक्रबार असोज १ गतेदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसलमा तीन किसिमका चामलसहित ३ प्रकारका दाल विक्रीका लागि राखिएका छन् । सुर्खेतमा विशेष छुटसहित चामल अरुवा मोटा चामल–४१ रुपैयाँ किलो, जिरा मसिनो चामल–५९ रुपैयाँ किलो, सोना चामल ४४.७० रुपैयाँ किलो, दाल मसुरो १३० रुपैयाँ, मास १५९ रुपैयाँ, रहर (अडहर) १७३ रुपैयाँमा उपलब्ध गराईएको छ ।

सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैं, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । कम्पनीका कर्णाली प्रादेशिक कार्यालय प्रमुख माधव मिश्राले चाडपर्व लक्षित सुपथमूल्य पसल असोज १ गतेदेखि कार्यालयकै हाताभित्र सञ्चालनमा ल्याईएको जानकारी दिए ।

सम्बन्धित शीर्षक