मुगुका तीन स्थानीय तहमा खुले विद्यालय

  ।   १८ भाद्र २०७८, शुक्रबार १७:२४

मुगु। मुगुको कार्मारोङ्ग गाउँपालिकामा निजी तथा सामुदायिक विद्यालयमा नियमित रुपमा पठनपाठन सुरु भएको छ। कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालय पुन: संचालनमा आउन थालेका छन्। जिल्लाको कार्मारोङ्गमा गाउँपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकाका विद्यालय लामो समयपछि पुन: संचालनमा आउन थालेका हुन्।

गाउँपालिका क्षेत्रमा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य रहेको र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइ सामाजिक दूरी कायम राख्दै विद्यालय संचालनमा ल्याइएको मुगुका कार्मारोङ्ग गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिए।

विद्यालय खुलेपछि सावधानीपूर्वक विद्यार्थीलाई पठनपाठन सुरु गरेका र विद्यालयमा मास्क, स्यानिटाइजर जस्ता स्वास्थ्य सुरक्षा अपनाएको बुद्ध माध्यमिक विद्यालय मांग्रीका प्रधानाध्यापक टिकाप्रसाद उपाध्यायले जानकारी दिए। कोरोना जोखिम कम भएपछि भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेका जनाइएको छ । लामो समयदेखि विद्यालय बन्द भएकाले विद्यार्थीको भविष्य बिग्रिने भएकाले पुनः पठनपाठन गरिएको गाउँपालिकाले जनाएको छ।

Next Post

एमसीसीले नेपाललाई कंगाल बनाउँछ : नेता वास्तोला

१८ भाद्र २०७८, शुक्रबार १७:२४
बिप्लव नेकपाका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र वास्तोलाले अमेरिकाले नेपालमा एमसीसी पारीत गर्न लगाएर भारत र चीनलाई धुजाधुजा बनाउन नेपाललाई आधार क्षेत्रका रुपमा प्रयोग गर्न थालेका बताएका छन । उनले एमसीसीले नेपाललाई कंगाल बनाउने बताए । पार्टी कार्यकर्ता प्रशिक्षणका क्रममा जुम्ला पुगेका नेता वास्तोलाले पत्रकार संगको भेटघाटमा अमेरिकाले एमसीसी मार्फत नेपाललाई […]