भतिजालाई डोरीले बाँधेर अभद्र व्यवहारको मुद्दा लागेका नेपाली ५ हजार धरौटीमा रिहा

सुर्खेत । आफ्नै भतिजा नाता पर्ने सर्पे नेपालीलाई डोरीले बाँधेर कुटपिट गरेको आरोपमा पक्राउ परेका जुनीचाँदे गाउँपालिका- २ का वडा अध्यक्ष रामबहादुर नेपाली धरौटीमा रिहा भएका छन् ।

उनलाई पक्राउ परेको एक सातापछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले आज धरौटीमा रिहा गरेको हो । उनले साउन १५ गते आफ्नै भतिजा नाता पर्ने सर्पे नेपालीलाई डोरीले बाँधेर कुटपिट गरेका थिए ।

उनलाई प्रहरी प्रतिवेदनका आधारमा अभद्र व्यवहार सम्वन्धी मुद्दा चलाइएको थियो । पीडित पक्षले अध्यक्ष विरुद्ध जाहेरी दिएका थिएन ।

‘पीडित पक्षलाई समेत हामीले बुझ्दा त्यस्तो ठूलै गल्ती भएको जस्तो देखिएन ।’ प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले भने, ‘त्यसैले उहाँलाई भदौ १६ गते बकपत्र गर्न आउने गरि पाँच हजार धरौटी लिएर रिहा गरेका छौं ।’

सम्बन्धित शीर्षक