बाहिनीपति सापकोटा सम्मानित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले श्री नम्बर २४ बाहिनी अड्डा जुम्लाका बाहिनीपति यामबहादुर सापकोटालाई सम्मान गरेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा साथ दिएको भन्दै प्रतिष्ठानले सम्मान पत्रका साथ सम्मान गरेको हो ।
कोभिड संक्रमण तथा रोकथाममा प्रतिष्ठान संग समन्वयकारी भुमिका खेलेको भन्दै सम्मान गरिएको प्रतिष्ठानका प्रशासकीय अधिकृत द्धन्द्धबहादुुर शाहीले जानकारी दिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक डा. राजिव शाहले सम्मान पत्र प्रदान गरेका हुन ।
बाहिनीपति सपकोटाले व्यक्तिगत तथा संस्थागत हिसावले कोरोना महामारी रोकथाममा साथ दिएको प्रतिष्ठानको निष्कर्ष छ । सम्मान पत्रमा भनिएको छ,’‘कोरोना भाइरस संक्रमण तथा रोकथाममा यस कर्णाली प्रतिष्ठान संग समन्वय तथा सहकार्य गर्दै व्यक्तिगत तथा संस्थागत प्रयास बाट सहयोग गरेकोमा सो कार्यको उच्च कदर गर्दै सम्मान पत्र प्रदान गरिएको छ । ’
बाहिनीपति सापकोटाले कोरोना संक्रमित बिरामीहरुका लागि अत्यावश्यक अक्सिजन सिलिण्डर १० थान हस्तान्तरण गरेका थिए । अक्सिजन सिलिण्डरले बिरामीहरुलाई बचाउन उल्लेख्य योगदान पुर्याएको बताएको छ ।

बाहिनीपति सापकोटा संगै छोरा सुजल र डा.सुहेललाई समेत सम्मान गरिएको थियो । यी दुई दाजुभाइ हुन । उनीहरुको पहलमा युगाण्डामा रहेको एनआरएनएले २० सिलिण्डर पठाएको थियो । सुजल आफै अस्पताल पुगेर अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका थिए ।

सम्बन्धित शीर्षक