मौसम विभागले दियो चेतावनी, भोलीदेखि धेरै भारी वर्षाको सम्भावना

सुर्खेत । मनसुनी वायुका कारण बिहीबारदेखि कर्णालीसहित केही स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ । मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै कर्णालीसहित केही प्रदेशमा भारी वर्षाको चेतावनी जारी गरेको हो ।

‘बुधबारदेखि बिस्तारै मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने र सो प्रणालीका कारण देशभरी मनसुन सक्रिय हुनेछ,’ बुलेटिनमा भनिएको छ, ‘बिहिबारदेखि केही दिन धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।’

बिहिबार प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा भारी÷धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबार, शनिबार प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनि प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।महाशाखाले प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने जनाइएको छ ।

सम्बन्धित शीर्षक