रैथानेबालीकाे विषयमा देउडा गीत प्रतियाेगिता

जुम्लाको चन्दननाथ नगरपालिका वडा न १ कुलालवाडा गुबरूदेब आमा समुहकि काली (कुलाल) गाउँबस्तीमा रैथाने बालि विरुद्धको देउडा भाका घन्काइन्। काली कुलाल समूहमा आठ जना महिला सहभागी छन्। सो समूहले रैथाने बालि सचेतना फैलाइरहेको छ।

मेला पर्व, विवाह, भोजहरूमा वा कुनै पनि सुखद कार्यमा गाइने देउडा भाका उनीहरूले सन्देशमूलक बनाइरहेका छन्। उसो त उनको समूह सन्देशमूलक देउडा प्रतियोगितामा भाग लिएर राम्रो स्थान ल्याउँदै आएको छ।
सामान्य बोलीचालीका शब्द देउडा भागामा प्रस्तुत हुने भएकाले स्थानीयले सहजै बुझ्ने गरेका छन्। ‘भाषण गर्दा, प्रशिक्षण दिइरहँदा धेरै शब्द नबुझिने हुन सक्छन्’, काली कुलाले भनिन्, ‘गाउँ टोलभित्रै बोलिने भाषाको प्रयोग हुने भएकोले छिटो सन्देश फैलाउन सकिन्छ। यो अहिलेसम्मको अनुभव पनि हो।’

देउडाबाटै उनीहरूले रैथान बालिकाे बिषयमा दर्शाउने गर्छन्। रैथाने बालि काेदाे फापर जाै मासि चामल चिनाे सिमि कागुनाे बारेमा राम्ररी लय मिलाएर सन्देश दिइरहेका हुन्छन्। पछिल्लो समयमा रैथाने बालि काे देउडा सन्देश देउडाबाटै फैलाउने स्थानीय देउडा कलाकारका रुपमा परिचित छिन्।
उनीहरूले अत्यधिक यसरी रैथाने बालि सम्बन्धि जनचेतना जाेगाएर सभ्य र सुसंस्कृत समाज निर्माणमा जुट्न आह्वानसमेत गरे। जुम्लाका एक नगरपालिका, सात गाउँपालिकाका ६० वटै वडामा सन्देशमूलक कार्यक्रम गरेर हानिकारक अभ्यास रोक्नसमेत देउडाबाटै उनीहरूले भनेका छन्।

सम्बन्धित शीर्षक