जुम्लामा करेन्ट लागेर एक युवकको मृत्यु

जुम्लामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।  जुम्लाकाे तातोपानी गाउँपालिका -४ मा करेन्ट लागेर एकजनाको निधन भएकाे छ। बुधबार दिउँसाे विद्युुतकाे करेन्ट लागेर सोही वडाका अन्दाजी ३६ वर्षीय कालीप्रसाद उपाध्यायकाे निधन भएकाे हाे ।

मृत्यु भएका उपाध्याय जाल्पादेवी विद्युत आयाेजनाका अपरेटर हुन्। मृतक विद्युतकाे ट्रान्सफर्मरमा झुण्डिएकाे अवस्था भेटिएका थिए ।

उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लिदै गर्दा बाटाेमै मृत्यु भएकाे ताताेपानी गाउँपालिका वडा नं -४ का वडाअध्यक्ष अमरबहादुर राेकायाले बताए ।

राेकायाले पर्थेनी घट्टेगाढ स्थित ७५ केभीकाेट्रासफर्मरमा चढेर करिब ६:४५ बजेतिर विद्युत बनाउने क्रममा करेन्ट लागेकाे बताए ।

सम्बन्धित शीर्षक