आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरि मनाइयाे

आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरि मनाइएको छ । “महिलामा लगानी ः समुन्त समाजको थालनी” भन्ने नाराका साथ ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरि जुम्लाका मनाइएको हो । विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिख बाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्य सहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ ।

सामाजीक बिकास कार्यालय जुम्लाको आर्थिक सहयोग, किर्डाक नेपाल जुम्लाको समन्वय र चन्दननाथ नगरपालिका महिला तथा बालबालिका शाखा जुम्लाको आयोजना दिवश मनाइएको हो । महिला हक, अधिकार, सशक्तीकरण एवं लैंगिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि आजकै दिनलाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको छ ।

सन् १९०८ मार्चमा १५ हजार महिलाले न्युयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित ¥याली गरेसँगै यसको थालनी भएको चन्दननाथ नगरपालिका महिला तथा बालबालीका शाखा प्रमुख मायाँ थापाले बताउनुभयो । उहाँका अनुसार यसको एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, आज नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवस सुरुआत नगरेको भए आज महिलाको दिवश भनेर हामी महिलाले कहाँ पाउथ्यौँ ? उहाँको योगदानले गर्दा आज यो दिवश मनाउन पाएको उहााँको भनाइ तछ । पहिलोपटक सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विट्जरल्यान्डमा मनाइएको थियो । तर, संयुक्त राष्ट्रसंघले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पाएको कुरा स्मरण गराउनुभयो । हिंसा हरेक प्रकारले हुने हुदा सबैले चेतना बनाउनुभयो ।

प्रमुख थापाको भनाइ छ । उहाँले भन्नुभयो, यस्ता खालका कार्यmक्रले समाज हुने हिंसालाई न्युनिकरण गर्न टेवा पु¥याउने बताउनुभयो । यस्तै चन्दननाथ नगरपालिका वडा नम्वर ५ का कावा वडा अध्यक्ष लक्ष्मी थापाका अनुसार महिलाका नाममा हुने सबै हिंसाको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

उहाँका अनुसार सबै भन्दा पहिला आफ्नै घर बाट हिंसा हुने भएकाले आफ्नो घर बाट हिंसा अन्त्यको सुरुवात गर्नुपर्ने बताउनुभयो । आजको यो दिन हामीले महिलाले ठुलो जित हाँसिल गरेको दिनका रुपमा लिनुपर्ने बताउनुभयो । यस्तै शिक्षा बिकास तथा समन्वय ईकाइ जुम्लाका लालसरि बुढाका अनुसार यो दिवश आज हामी महिलाको एक बिषेश दिन रहेको बताउनुभयो । उहाँका अनुसार महिलाले पनि देशको नेतृत्व गर्न सक्छ भन्ने सबैले हेक्का राख्नु पर्ने बताउनुभयो । पहिलेको तुलनामा भन्दा हिजो आज सबै तहमा महिलाको नेतृत्व रहेको दावि गर्नुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला खेलकुद बिकास समिति जुम्लाका सदस्य सचिव संगीता आचार्याका अनुसार महिलामा हुने शारिरिक हिंसा, मानसिक हिंसा लगाएतका हिंसा हुन नदिनको लागि कडा कानुनको व्यावस्था गर्नुपर्ने बताउनुभयो । यस्तै सामाजिक बिकास कार्यालय जुम्लाका सामाजकि बिकास अधिकृत तुलाराज चौलागाईका अनुसार लैंगिक समानता हासिल गर्न महिला तथा बालिकाको सुरक्षा र सामाजिक संरक्षणको पूर्ण प्रत्याभूतिका साथै सभ्य र न्यायपूर्ण समाज निर्माण गर्न, महिलाका अधिकार र सशक्तीकरणका सवालमा आवाज बुलन्द गर्न, महिलाको सहभागिता, विभेद, असमानताका सवालमा महिला लाग्नु पर्ने बताउनुभयो । उहाँका अनुसा कुनै दिन यो देश पनि महिलाको चलायमान थियो ।

महिला लाई हामी पुरुषले पनि कुनै किसिमका हिंसा गर्न अपराध भएको बताउनुभयो । यस्तै किर्डाक नेपाल जुम्लका बाल संरक्षण अधिकृत श्रीराम थापाका अनुसार हामी पनि बिषेश महिला र बालबालिकाको क्षेत्रमा काम गर्ने भएकाले यो कार्यक्रममा सामन्वर्य गरिएको बताउनुभयो । उहाँका अनुसार महिलाका हरेक क्षेत्रमा हुने हिंसाको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुयो, हिंस रहद समाज बनाउनको लागि पहिला महिला स्वयम आफै परिवर्तन हुनु पर्ने बताउनुभयो । अझै पनि हेर्ने हो भने शहर मात्रा नभएर जुम्लाका गाउँघरमा पनि महिला माथि हुने सिंजा जिउकातिउ रहेको बताउनुभयो । आज ११४ औँ अन्तराष्ट्रिय महिला दिवश जुम्ला सम्पुर्ण स्थानिय तहले पनि बिभिन्न कार्यक्रम गरि मनाएका छन् ।

सम्बन्धित शीर्षक