प्याप्सन जुम्ला दारा प्रतिभा पहिचान कार्यक्रम सम्पन 

जुम्लामा रहेका संस्थागत बिद्यालयका बिद्यार्थीको प्रतिभा पहिचान गर्नको लागि जिल्ला प्याप्सन जुम्लाले नगर स्तरीय माध्यामिक तहका बिद्यार्थीको प्रतिभा पहिचान कार्यक्रम गरेको छ । बिद्यार्थीमा रहेको कला गला प्रस्फुटन गर्नको प्रतिभा पहिचान कार्यक्रम गरिएको हो । सामाजिक बिकास कार्यालय जुम्लाको आर्थिक सहयोग, चन्दननाथ नगरपालिका जुम्लाको समन्वय र जिल्ला प्याप्सन जुम्लाको आयोजनामा बिद्यार्थीको प्रतिभा पहिचान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा लैङ्गगिक हिंसा बिरूद्वका बारेमा वक्तृत्वकला प्रतियोगिता र एकल गाएन प्रतियोगिता गरिएको छ । जुम्लामा रहेका सामुदायिक र संस्थागत गरि ५ वटा बिद्यालयले सहभागीता जनाएका थिए । जनता माध्यामिक बिद्यालय महतगाउँ, चन्दननाथ नमुना माध्यामिक बिद्यालय खलंगा जुम्ला, कनिकानिशा माध्यामिक बिद्यालय, एसिया इन्टरनेष्नल मेडल ईङ्लीस बोडिङ् स्कुुल र कर्णाली माध्यामिक बिद्यालय अनामनगर गरि पाँच बिद्यालयले सहभागि जनाएको आयोजक जिल्ला प्याप्सन जुम्लाले जनाएको छ । यहि फागुन २४ गते हुने जिल्ला स्तरीय वक्तृत्वकला र एकल गाएन प्रतियोगिताका लागि नगर स्तरीय छनोट प्रतियोगिता गरिएको जिल्ला प्याप्सन जुम्लाका अध्यक्ष तथा कैलाश बोधि माध्यामिक बिद्यालयका प्रधानाध्यापक टासि लामाले बताउनुभयो । जिल्ला प्याप्सन जुम्लाले गरेको प्रतिभा पहिचान कार्यक्रममा लैङ्िगक हिंसा बिरूद्वमा छात्रा वक्तृत्वकला प्रतियोगिता र छात्रा÷छात्र एकल गायन प्रतियोगिता गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिभा पहिचान कार्यक्रममा गरिएको आयोजना बाट छात्रा तर्फ कर्णाली माध्यामिक बिद्यालय अनामनगरकी अन्जली रोकाया प्रथम हुनुभएको छ । यस्तै दृतियमा कनिका निशा माध्यामिक बिद्यालयका अस्मि भण्डारी र चन्दननाथ नमुना माध्यामिक बिद्यालयका सुजता काफ्ले तृतिय हुनु भएको छ । यस्तै एकल गायन छात्र÷छात्रा प्रतियोगितामा छात्र तर्फ कनिका निशा माध्यामिक बिद्यालयका मद्युसुदन उपाध्याय प्रथम हुनुभएको छ । यस्तै चन्दननाथ नमुना माध्यामिक बिद्यालयका आशिष रोकाया दृतिय र जनात माध्यामिक बिद्यालयका एकराज बुढा तृतिय हुनुभएको छ । यस्तै छात्रा तर्फ एकल गायन प्रतियोगितामा एसिया ईन्टरनेष्नल नेपाल मोडेन बोडिङ् स्कुलकी शिवलक्ष्मी डाँगी प्रथम हुनुभएको छ भने कर्णाली माध्यामिक बिद्यालय अनामनगरका सुस्मिता रावत दृतिय र चन्दननाथ नमुना माध्यामिक बिद्यालयका सिमा अधिकारी तृतिय हुनुभएको छ । प्रथम, दृतिय र तृतिय हुनेलाई म्याडल प्रमाणपत्र प्रदान गरिएको छ । प्रतिभा पहिचान कार्यक्रम लाई सम्बोधा गर्दै प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेका अनुसार मानिस जन्मिदा कुनै न कुनै कला लिएर जन्मिएको हुने बताउनुभयो । उहाँकन अनुसार बिद्यालयमा शिक्षकले पनि बिद्यार्थीमा रहेको क्षेमताको पहिचान गरि अबसर पणरखरदान गरेमा बिद्यार्थीको क्षेमताको बिकास हुने बताउनुभयो । यस्तै चन्दननाथ नगरपालिका जुम्लाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाईका अनुसार जब सम्म आफुमा रहेको प्रतिभा प्रस्फुटन गर्न सक्दैन तब सम्म प्रतिभा पहिचान गर्न नसक्ने बताउनुभयो । उहाँका अनुसार यो कार्यक्रमले गर्दा बिद्यार्थीको क्षेमता बिकासमा सहयोग पुग्ने र क्षेमता देखाउन सहयोग गर्ने सुनाउनुभयो । उहाँले भन्नुभयो, आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमका लागि सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको छ । यस्तै सामाजिक बिकास कार्यालय जुम्लाका सामाजिक बिकास अधिकृत तुलारमज चौलागाईका अनुसार सबै ब्याक्तीमा कुनै न कुनै प्रतिभा हने भएकाले सो प्रतिभा पहिचान गर्नको लागि यस्तो कार्यक्रम गरिएकाे हाे।।

सम्बन्धित शीर्षक