जुम्लामा लैगिकमैत्री बजेट निर्माण गर्न दुईदिने कार्यशाला सुरु

लक्ष्मी न्यौपाने,जुम्ला ।

जुम्लामा लैंगिक समानता तथा लैगिंकमैत्री बजेट निर्माण समस्या र चुनौति बिषयक क्षमता अभिवृद्धि कार्यशाला सुरु भएको छ । सर्वोदय नेपालको आयोजनामा सुरु भएको कार्यशालामा पालिका उपाध्यक्षहरु,महिला तथा बालबालिका शाखा प्रमुखहरु र पत्रकारहरुको सहभागिता रहेको छ ।

कार्यशालामा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले कार्यशालाले बजेट निर्माण र चुनौतिका बिषयमा छलफल हुने बताए । उनले भने,‘यो कार्यशालाले स्थानीयतहमा बजेट निर्माण देखि कार्यन्वयन र बजेट निर्माणमा देखिएका समस्या र चुनौति समाधान गर्न मद्धत मिल्ने बताए ।

हिमा गाउँपालिकाका उपाध्यक्ष सुपुर्ना शाहीले महिलाहरुको हकहितको बारेमा सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिइन । अहिलेको बजेट लैंगिकमैत्री हुनुपर्ने उनको भनाइ थियो ।

तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावलले कार्यशालाले आगामी बजेट निर्माण गर्दा ध्यान दिनुपर्ने पाटापक्षका बिषयमा अवगत गराउने आशा गरेको बताइन ।

सर्वोदय नेपाल जुम्लाका अध्यक्ष नारायणी चौलागाईले महिलाहरुलाई हित गर्ने कार्यमा बजेट केन्द्रीत हुनु पर्ने बताइन । उनले आगामी दिनमा सबै मिलेर लंैगिकमैत्री बजेट निर्माण गर्नुपर्नेमा जोड दिइन् ।

कार्यशालामा ३५ जनाको सहभागिता रहेको छ । कार्यशाला दुइदिन सम्म चल्ने सर्बोदय नेपाल जुम्लाले जनाएको छ । कार्यशालाकाे सहजीकरण सर्वाेदय नेपालका कमल खत्री र राष्ट्रिय मानव अधिकार आयाेगका मानवअधिकार अधिकृत धनराज शाहीले गरेका थिए ।

सम्बन्धित शीर्षक