दिप प्रज्वलन गरेर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

लक्ष्मी न्यौपाने,जुम्ला
जुम्लामा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान दिप प्रज्वलन गरेर सुरु भएको छ । जिल्ला सदरमुकाम खलंगाको बालमन्दिरमा सरोकारवालाहरुको उपस्थितीमा दिप प्रज्वलन गरेर अभियान सुरु भएको हो ।
‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता ,महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’भन्ने नाराका साथ अभियान शुरु भएको हो । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसाविरुद्धको १६ दिन अभियान चलाइन्छ ।
सन् १९८०को दशक देखि नै विभिन्न मुलुकले महिला माथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आएका थिए । सन् १९९९ मा संयुक्त राष्ट्रसंघले यसको अनुमोदन गरेपछि यससम्बन्धी विभिन्न अभियान शुरु भएका हुन ।
जुम्लामा हरेक स्थानीयतहले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानलाई बेग्ला बेग्लै तरिकाले मनाउने जनाएका छन । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा सचेतनामुलक कार्यक्रम देखि सामाजिक कुरीति विरुद्धको बहसलाई घनिभुत बनाउदै लैजाने अधिकारकर्मीहरु बताउँछन ।
चन्दननाथका महिला बालबालिका शाखाकी पुस्पा थापाले महिला हिंसा विरुद्धको अभियानलाई सार्थक बनाउनुपर्ने बताइन । हिंसा न्युनिकारण गर्नका लागी सबैको हातेमालो आवश्यक रहेको उनको भनाइ छ । पहिलो दिन कृष्ण मन्दिर अगाडी दिप प्रज्वलन गरी सुरु भएको अभियान दुरदराजका स्थानमा समेत प्रभावकारी ढंगले पुग्ने विश्वास गरिएको छ । दिपप्रज्वलनमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य लगायतका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित शीर्षक