श्रृखंलावद्ध आगलागिका घटनामा संलग्न व्यक्ति प्रहरीद्धारा सार्वजनिक

 

लक्ष्मी न्यौपाने

 

जुम्लामा श्रृखंलावद्ध आगलागिका घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरको छ । श्रृखंलावद्ध घर, अटो र ट्याक्टर जलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । घटना घटेको १७ दिन पछि मंगलबारका दिन पत्रकार सम्मेलन गरी उक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको हो ।

गुठीचौर गाउँपालिका वडा नम्बर ४ घरभई हाल चन्दननाथ नगरपालिका वडा नम्बर २ भण्डारीबाडा घरज्वाई बस्ने वर्ष ३० का रत्न प्रसाद अधिकारीले जुम्लामा पछिलो समय घटेका सबै घटनाको जिम्मेवारी लिएको डिएसपि प्रल्हाद कार्कीले बताउनु भयो । यहि साउन महिनाको ६ गतेका दिनमा गुठीचौर गाउँपालिका वडा नम्बर ४ का ६ र चन्दननाथ नगरपालिका वडा नम्बर १ को डुडाखोजको एउटा घरमा आगलागि गर्ने, अटो र ट्याक्टर जलाउने व्यक्तिलाई प्रहरीलाई सार्वजनिक गरेको छ ।

घर आगलागि गर्ने, अटो र ट्क्याटर जलाउने सबै घटनामा अधिकारीको संलग्नता देखिएको उहाँको भनाइ छ । नेपाली सेनाबाट उपदानमा गई सक्नु भएका अधिकारीले २०७९ साल चैत महिनामा कृष्ण वहादुर अधिकारीबाट नेपाली सेनाको ब्यारेकबाट चामल मिलाई दिन्छु भनेर ७ हजार ५ सय रुपैयाँ लिई सम्पर्क विहिन भएको र बिचमा भेट हुँदा विवाद भई सोहि विवादको रिसमा कृष्णवहादुर अधिकारीले गुठीचौर ४ बालुमा संचालन गरेको पसल चोरी गर्ने उद्देश्यले गएको र पसलको ढोकाको ताला फोड्न नसकेपछि पसल नजिकै पार्किङ्ग गरि राखेको अटो रिक्सामा आगजानि गरेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ ।

अधिकारीले साउन महिनाको २ गतेका दिनमा गुठीचौर ५ मा रहेको गाईभैँसि पाल्ने कच्ची कोठमा साउनेखर कामी र निजको श्रीमति वर्ष ५० कि पच्चकली कामीको गोठमा गई सोधपुच्छ गरेको र साउन ३ गतेका दिन साउनेखर कामीको श्रीमतिले लगाएको गरगहना लुटने योजना बनाई गएको र सो गोठमा कोहि नभएकाले रत्न प्रसाद अधिकारीको रिसको झोकमा गोठ जलाएको कार्कीको भनाइ छ ।

उहाँका अनुसार, साउन महिनाको ५ गतेका दिन चन्दननाथ नगरपालिका १ डुडाखोज निवासि वर्ष ५१ का रतन वहादुर बुढाको ढुङ्गा माटोले बनेको २ तले कच्चि घरमा लुटपाट गर्ने योजना बनाई अधिकारी गएकोमा ढोकाको लक नखुलेपछि घरको दोस्रो तलाको बारदलिमा झुण्डाईएको डस्नामा आफुले बोकेको झरो र लाईटरको प्रयोग गरि आगो लगाएको उहाँले जानकारी गराउनु भयो । उक्त घर आगो लगाई सकेपछि त्यसको १ घण्टा ३० मिनेटको फरकमा उक्त व्यक्ति गुठीचौर ४ तर्फ प्रस्थान गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

साउन ५ गते राति ११ बजेर ५५ मिनेटमा गुठीचौर गाउँपालिका ४ बिगारे बस्ने वर्ष ५६ का भिम प्रसाद जैशीको ढुङ्गा माटोले बनेको ३ तले कच्चि घरको भुई तलाको गोठमा गहुँको भुष राखेको स्थानमा आगो लगाई क्षति भएको र निज व्यक्ति मुल सडकमा झरी अन्दाजि ४५ मिनेट लाग्ने खल्लावाडा तर्फ प्रस्थान गरेको डिएसपि कार्कीले जानकारी गराउनु भयो ।

साउन महिनाको ६ गतेका दिनमा गुठीचौर ४ खल्लावडा बस्ने वर्ष ५३ का लालचन्द्र सार्कीको ढुङ्गा माटोले बनेको २ तले घरको भुई तलाको गोठभित्र रहेको सुकेको घाँसमा झरो र लाईटरको प्रयोग गरि आगलागि गरेको उहाँको भनाइ छ । गुठीचौर ४ डाँडाबाडा बस्ने वर्ष ५९ का कविदत्त न्यौपाने ९क० को ढुङ्गा माटो जस्ताले बनेको ४ तले घरको भुई तलाको आगनको झ्याल नजिकै रहेको खाटमा डस्ना, तन्ना र नजिकै रहेको सल्लाको झरो प्रयोग झ्याल र बारदलियमा क्षति गरेको, वर्ष ३८ का कविदत्त न्यौपाने ९ख० को ढुङ्गा माटो जस्ताले बनको ३ तले घरसँगै जोडिएको गोठमा रहेको निगालोमा आगो सल्काई आगो लगाएको,

धवलपुरा बस्ने वर्ष ६९ का खडानन्द पाण्डेको ढुङ्गा माटो जस्ताले बनेको ३ तले घरको भुई तलाको दक्षिण तर्फ मोहडा भएको झ्यालसँगै जोडिएको खाटामा आर्मी कलरको ज्याकेटमा आगो लगाएको र सोहि ठाउँ बस्ने वर्ष ३५ का प्रेम प्रसाद न्यौपानेको ढुङ्गा माटो जस्ताले बनेको ३ तले घरको भुई तलाको ढोका नजिकै झुण्डाईएको अलादिनको सुरुवाल झिकि ढोका माथि राखि रत्न प्रसाद अधिकारीले नै आगो लगाएको प्रहरीको अनुसन्धानका क्रममा खुलेको उहाँले जानकारी गराउनु भयो ।

साउन ६ गते राति ३ बजेर १५ मिनेटमा उक्त व्यक्ति गाउँपालिका जाने मुल सडक प्रयोग गरि वडा नम्बर ५ धितागाउँ नजिकै सडक स्तरोन्नतिको कामको सिलसिलामा रारा तेन्जिन कन्ट्रक्सनको लु ५ त १२४४ नम्बरको ट्याक्टर पार्किङ्ग गरि राखेको अवस्थामा चालकको सिट कभर प्रयोग गरी अधिकारीले आगलागि गराएको उहाँको भनाइ छ ।

रत्न प्रसाद अधिकारीले श्रृखंलावद्ध आगजनि गर्नुको कारण बारे सोधपुछ गर्दा निजले आफु गरिब भएकोले कसैले पनि ऋण तथा उधारो नपत्याएपछि निरास भई यस्तो कार्य गरेको भनि खुलाएको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ । उक्त व्यक्तिलाई पाँच दिनको जिल्ला सरकारी वकिल कार्यालयबाट म्याद थप गरि प्रहरीले थप अनुसन्धान गरि रहेको छ ।

सम्बन्धित शीर्षक