पातारासी गाउँपालीकाका चार बिद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट भएका छन् । सामुदायिक विद्यालयको स्तरोन्नति गर्न सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । जस अन्तर्गत पातारासी गाउपालिकाका चार बिद्यालय पनि राष्टपति शैक्षिक सुधार कार्यक्रमका लागी छनोट भएको शिक्षक पातारासी गाउपालिकाका शिक्षा संयोजक जगत शाहीले बताउनु भएको छ। उहाँका अनुसार पातारासी गाउपालिका वडा नम्बर एकको गंगादेवी आधारभुत बिद्यालयमा ५५ लाख बराबरको चार कोठे भबन छनोटमा परेको छ भने २७ लाख ५० हजार बराबरको २ कोेठे भबन पातारासी गाउपालिका वडा नम्बर पाँच लोर्पाको श्री शंकर माध्यमिक बिद्यालयलाई परेको छ। यस्तै शिक्षा संयोजक शाहीले भन्नु भयो राष्टपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पातारासी गाउपालीका वडा नम्बर दुई तल्फीमा रहेको सरस्वती माध्यमिक बिद्यालयलाई ६ लाख पचास हजार बराबरको आईसीटी ल्याव र पातारासी गाउपालिका वडा नम्बर ६ बातामा रहेको गौरी आधारभुत बिद्यालयलाई ६ लाख पचास हजार बराबरको आइसीटी ल्याव छनोटमा परेको छ।