कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाले सधाझै यस बर्ष पनि स्तनपान सप्ताह मनायो

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाले ३० औँ स्तनपान सप्ताह मनाएको छ। हरेक बर्ष स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाले स्तनपान सप्ताह मनाउदै आएकोमा यस बर्ष पनि मनाएको हो। साउन महिनामा अर्थात अंग्रजि तारिक अगष्ट एक देखि सात सम्म हरेक बर्ष विश्व स्तनपान सप्ताह मनाईन्छ। प्रतिष्ठानले स्तनपान सप्ताहको अबसरमा ६० जना सुत्केरी महिलालाई अण्डा र जनो वितरण गरेको प्रतिष्ठानकी ओपिडि ईन्चार्ज तुल्सी खरेलले जानकारी दिनु भएको छ। स्तनपानलाई बढाउन जनचेतना अभिवृद्धि गर्न सहयोग गरौ भन्ने मुल नाराका साथ ३० औँ स्तानपान सप्ताह मनाईएको छ। मिडवाईफी्र अफिसर खरेलका अनुसार स्तनपान सप्ताहको अबसरमा प्रतिष्ठानमा जाँच गराउन आउने गर्ववति र सुत्केरी महिलाहरुलाई स्तनपान भनेको के हो, स्तनपानको महत्वको बारेमा, स्तनपानमा आउने समस्याहरुका बारेमा , बिगौती दुधको महत्वको बारेमा स्वास्थ्य शिक्षा प्रदान गरीएको छ। शिशु जम्मेको दिनदेखी ६ महिना सम्म शिशुलार्ई स्तनपान बाटै पूर्ण आहारा मिल्ने भएको हुदा आमाको दुध मात्रै खुआउन आवश्यक रहेको खरेललको भनाई छ। स्तनपानको महत्वको बारेमा गर्ववति आमा र सुत्केरी आमालाई यसको महत्वको बारेमा शिक्षा दिन जरुरी रहेको उहाको भनाई छ। स्तनपान सपताहले जुम्लाका गर्ववति र सुत्केरी आमाहरुलाई स्तनपानको महत्वको बारेमा थप जानकारी दिन सहयोग पुग्ने अपेक्षा गरेको मिडवाईफ्रि अफिसर खरेलको भनाई छ।

सम्बन्धित शीर्षक