कोहुन जौसि बनाए दुरुस्तै लक्ष्मि प्रसाद देवकोटा सालिक

गणेश रावत,
मुर्तिकार कर्णप्रसाद जौसि जुम्लामा मुर्ति बनाउँदै आएका छन् । भारतको कुनामा काम र्गदै जिविको पार्जन चलाउँदै आएका उनि अहिले आफ्नो देशमै केहि गर्न थालेका छन् । उनको ७ जनाको घर परिवारपाई पाल्न आफ्नो जिल्ला छाडेर जुम्ला सदमुमाकम खलगा झरेका हुन । उनि अहिले जुम्लाको सदरमुकाम खमालाले होटलमा कोठा भाडामा लियर बस्दै आएका छन् । मुर्ति,सालीक,मन्दिरका गजुर बनाउँने गरेको निउज सरोकार लाई जानकारी दिनु भएके छ । मुर्तिकार जौसि अहिले जुम्लामा आउनु भएको छ ।

हतमा गोलब लगायर मात्र बनाउँने गरेको बताएका छन् । उहाँ जुम्ला आएको करिब एक वर्ष पुग्न लागेको हो । आफ्नो कलालाई देखाउन जुम्लामा सदरमुकाममा पुगेको उनले बताएका छन् । बाजुरा जिल्ला बुढिन्नद नगरपालिका वडा नम्वर ६ लाटो बस्तीमा घर भएका उनी हाल जुम्ला सदरमुकाम खंलग बजार बस्दै आनु भएको छ । जौसि मुर्ति कला केन्द्र दर्ता समेत गर्नु भएको वताउँनु भयो । उनको मुर्ति कलाको सुरुवात भारतमा भएको हो । भारतको रोडमा ४ रूपैयाँ मा काम गर्दै उनले मुर्ति बनाउन थालेका हुन । पहिलो मुर्ति तेहाको जिल्ला प्रशासन कार्यलय लाई उपाहार सोरूव दिएको वताउनु भएको छ । आफ्नै देशमा केही गरेर खाने जोस जागरले उने आफ्नै जन्मभूमि मा मुर्ति बनाउँन थालेका हुन ।

यसको सिलसिलामौ उनी जुम्लामा पुगेका हुन । उनलाई स्थानीय सरकार ,प्रदेश सरकार कसैको ध्यानाकर्षण नभएको वताएका छन् । मुर्ति ,सालिक बनाउन देश बाहिर बाट मान्छे ल्याउने गरिन्छ तर उनको कलाले सम्मान नपाएको गुनासो गरेका छन् । देश तथा विदेश लाई चिनाउने कलाको सम्मान र आधार हुन नसक्नु दुख दाय पक्ष हो । यो कला प्रति तिनै तहाका सरकार बेखबर बनेको भन्दै दुखेसो पोख्नु भयो । वाहिरी जिल्लाका ब्यक्तिले मुर्ति ,सालिक , देवि देबताको गजुर बनाएको पचास प्रतिशत कममा आफुले बनाउने बताएका छन् । नेपाल देश लाई चिनाउने उहाँको सपना रहेको छ । मुर्तिकार जौसि अहिले जुम्लामा पुगेर कला देखाई प्रशासन ,नगरपालिका लाई पनि उपाहार सोरूप मुर्ति दिनु भएको निउज सरोकार लाई जानकारी दिनु भएको छ ।

सम्बन्धित शीर्षक