जुम्लामा स्वर्गीय प्रशिक्षण अधिरराज कार्की स्मृति खुल्ला फुटसल कप प्रतियोगिता सञ्चालन हुने

गणेश रावत,
जुम्लामा स्वर्गीय प्रशिक्षण अधिरराज कार्की स्मृति खुल्ला फुटसल सञ्चालन हुने भएको छ । चन्दननाथ नगरपालिका वडा नं ५ द्वारा प्रथम स्वः अधिरराज कार्की स्मृति खुल्ला फुटसल कप प्रतियोगिता सञ्चालन हुने वडा नम्वर ५ का वडा अध्यक्ष अर्जुनसिंह कठायतले वताएका छन् । उहाँका अनुसार जुम्लामा यो स्वाःकार्की स्मृति पहिलो पटक फुटसल हुना लागेको बताउनु भयो ।

जुम्ला जिल्लामा पहिलेका एक अनुसासित इमान्दार र जुम्ला कै एक उत्कृष्ट फुटबल खेलाडी स्वाः कार्की आज संसारमै नरहे पनि उनको स्मृतिमा खेल सञ्चालन हुन लागेको हो । उनले खेलेका खेल हरुमा आफ्नो टिम लाई विजेता बनाई आफू पनि उत्कृष्ट खेलाडी हुँदै आएका थिय। तर उनको असामयिक निधन भएको हो ।

उनले पछि आफ्नो खेल क्षेत्र लाई प्रथामिक्ता दिदै एन्फा को प्रशिक्षक भइ जुम्ला का खेलाडी लाई प्रशिक्षण गर्दै आएका थिय । उनको सम्झानमा फुटसल कप प्रतियोगिता हुन लागेको छ । यहि कार्तिक २९ गते बाट सञ्चालन हुने वडा सदस्य हरि प्रसाद श्रेष्ठले जानकारी दिनु । उहाँका अनुसार जुम्लामा रहेका इच्छुक फुटसल खेलप्रेमी टिमले आफ्नो टिम दर्ता गर्न बताएका छन् ।

टिम दर्ता शुल्क दुई हजार लाग्ने बताउनु भयो । टिममा राम्रो र उत्कृष्ट खेल प्रदर्शन गरेर प्रथम हुने टिमले पचास हजार पुरूसकार दिने बताएका छन् । दोस्रो हुने लाई बीस हजार दिने जानकारी गराउनु भएको छ । नियम पालना गरेर टिम खेलाडीहरूको ड्रेस र जर्सि नम्वर अनिवार्य हुनुपर्ने बताएका छन् ।

सम्बन्धित शीर्षक