जुम्ला जिल्लास्तरीय भलिबल प्रतियोगिता शुरु

जुम्लाको गुठिचौर गाँउपालिकामा जिल्लास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा ६ स्थानीयतहका खेलाडीले भाग लिएका छन । जिल्लाको चन्दननाथ नगरपालिका र सिँजा गाउँपालिकाबाट खेलाडी सहभागि छैनन । जिल्लास्तरीय भलिबल प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य तथा पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले गरेका हुन ।
उनले जिल्लास्तरीय भलिबल प्रतियोगिताको सानदार सफलताको शुभकामना ब्यक्त गरेका छन । पुर्वमन्त्री भण्डारीले प्रतिभा प्रदर्शन गर्ने खेलाडी र प्रदर्शित प्रतिभा हेर्ने दर्शक सबैले अनुशासित मर्यादित हुनु पर्नेमा जोड दिए । जुम्ला आफै खेलकुदको क्षेत्रमा उर्वर भुमि हो । अन्तराष्ट्रिय स्तरका खेलाडी जन्माउन सफल भएको छ । यो गर्व गर्न लायक बिषय भएको उनले बताए ।
मुलुकको शीर उचो राख्न सक्ने खेलाडी जुम्ला संग भएको मन्त्री भण्डारीको भनाइ छ । त्यसैले अब जुम्लालाई हरेक क्षेत्रमा गर्व गर्न लायक भुमि बनाउन जरुरी छ । मन्त्री भण्डारीले खेलाडीको बृद्धि विकासका लागि जोड दिनु पर्ने बताउँदै खेलाडी फक्रिन सक्ने अवस्था सिर्जना गर्न सकेको खण्डमा जुम्ला भुमिले प्ले र रोनाल्डो जन्माउन सक्ने सामाथ्र्य राख्ने बताए ।
व्यवसायीक खेलाडीका लागि आवासीय व्यवस्था गर्नको लागि प्रदेश सरकार संग पहल गर्ने उनले बताए । प्रतिभावान खेलाडीका लागि आवास सहितको व्यवस्थापनका गर्न सकेको खण्डमा पाँच बर्षमा मुलुकको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्न सक्ने अवस्था रहने उनले बताए ।खेल पुर्वाधार र खेलाडी प्रोत्साहनका कार्यक्रम ल्याउन स्थानीयतहलाई आग्रह गरेका छन ।
शारीरिक सुगठन र स्वास्थ्य जीवनका लागि खेलकुद आवश्यक भएकोमा जोड दिए ।खेलाडी राष्ट्र परिवर्तनका आधार स्तम्भ भएको बताउदै उनले खेलाडीले अनुशासित पुर्वक खेल खेल्नुपर्ने बताए । जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव संगिता आचार्यले खेल अवधिभर विना विवाद खेल प्रदर्शन गर्न आग्रह गरे । समयमै जानकारी गराउँदै खेलाडी सहभागि नगराएको प्रति चन्दननाथ नगरपालिका र सिँजा गाउँपालिका प्रति दुख व्यक्त गरीन ।
जिल्ला खेलकुद विकास समितिको आयोजना र गुठीचौर गाउँपालिकाको सहआयोजनामा महिला पुरुष भलिवल प्रतियोगिताको आयोजना गरिएको हो। खेल तीन दिन सम्म सञ्चालन हुने छ।उद्घाटन कार्यक्रममा खेलाडीले मार्चपास गरेका थिए । उद्घाटन पछि पुरुष तर्फ पातारासि र तातोपानी गाउँपालिका बिच पहिलो खेल भएको थियो । जसमा पातारासि गाउँपालिका विजयी भएको छ ।
गुठिचौर र हिमा गाउँपालिका बिच दोस्रो पहिलो खेल भएको थियो । वेष्ट फाइमा गुठिचौर गाउँपालिका विजयी भएको छ । भोली विहान ८ वजे पहिलो खेलमा महिला तातोपानी र पातारासी गाउँपालिका विच प्रतिस्प्रर्धा हुने भएको छ । पुरुष तर्फ ६ वटा र महिला तर्फ ४ वटा टीमले भाग लिएका छन् ।
पुरस्कारमा मात्रै १ लाख ७० हजार भन्दा बढी खर्च हुने बताउनु भयो ।महिला र पुरुषको समूहलाई प्रथम पुरस्कार राशी ५० हजार र द्धितिय पुरस्कार राशी ३५ हजार सहित मेडल दिइने छ । खेल भइरहेको क्षेत्रमा मदिरा सेवन गरि होहल्ला गर्नेलाई प्रहरीको जिम्मा लगाइने छ ।

सम्बन्धित शीर्षक