शिक्षा क्याम्पसका गार्डमाथि ढुंगाले हानेर आक्रमण

सुर्खेत । सुर्खेत क्याम्पस (शिक्षा) का गार्ड विर्खबहादुर रावत माथि गएराती आक्रमण भएको छ । क्याम्पसको सुरक्षार्थ खटिएका रावतमाथि अज्ञात व्यक्तिहरुले आक्रमण गरेर घाइते बनाएका हुन् । बुधबार राती ९ बजेतिर रावतमाथि अज्ञात समुहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।

‘उहाँमाथि ढुंगाले हानेर आक्रमण गरेर व्यक्तिहरु फरार  छन्,’ शाहीले भने, ‘तत्काल प्रहरी क्याम्पस पुगेर घटनामा संलग्नहरुको खोजी गरेपनि फरार भइसकेको थिए । हामीले खोजी रहेका छौं ।’ घटनाको कारणबारे नखुलेको शाहीले बताए । रावतको टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ ।

यता त्रिभुवन विश्वविद्यालय, प्रध्यापक संघ सुर्खेत क्याम्पस शिक्षा सुर्खेतले विज्ञप्ती जारी गरेर घटनाको भत्र्सना गरेको छ । ‘डिउटीमा खटिएको बेला अवाञ्छित तत्वहरुले रावतमाथि आक्रमण गरेर गम्भीर घाइते बनाइएकोमा घोर निन्दा र भत्र्सना गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ, ‘घटनामा संलग्न अपराधीहरुको खोजी गरी यथाशिघ्र कारवाही अघि बढाउन स्थानीय प्रशासन समक्ष माग गर्दर्छौं ।’

सम्बन्धित शीर्षक