जुम्ला महाेत्सव बैशाख २७ सम्म चल्ने प्रतिष्ठानका अध्यक्ष बुढथापाकाे  भनाई।

जुम्ला महाेत्सव बैशाख २७ सम्म चल्ने प्रतिष्ठानका अध्यक्ष  बुढथापाकाे  भनाई।

जुम्ला सदरमुकाम खलंगास्थित राझासिममा सञ्चालित महाेत्सव चार दिन थपिएकाे छ । बैशाख १३ गतेबाट सुरू महाेत्सव २३ गतेसम्म सञ्चालन हुने भनिएकाे थियाे ।

तर, आयाेजक राष्ट्रिय लाेक दाेहाेरी प्रतिष्ठान जुम्लाले आइतबार पत्रकार सम्मेलन आयाेजना गरेर महाेत्सव चार दिन थप गर्ने निणर्णय गरिएकाे जनाएकाे छ ।

प्रतिष्ठानका अध्यक्ष कर्ण बुढ्थापाले दर्शककाे माग र विविध पक्षलाई मध्यनजर महाेत्सव थप गरिएकाे बताए । उनका अनुसार महाेत्सवमा अपेक्षित व्यापार नभएकाे र प्रचार गरिएका कलाकारहरु आउन बाँकी रहेकाेले महाेत्सव थप गरिएकाे हाे ।

उनले वैशाख २४ गते गाेपाल नेपाल जिएमकाे प्रस्तुति रहने बताए ।  उनी जुम्ला पुगिसकेका छन् ।
साथै चर्चित कलाकार सुप्रिम मल्ल,रेखा जाेशाी लगायका कलाकार आउने पक्का भएकाे छ । भने स्थानीय कलाकारकाे थुप्रै प्रस्तुती रहने छन् ।
साथै शनिबारकाे महाेत्सवमा किर्ते टिकट बिक्रि गरेकाे पाइएकाे छ ।

आयाेजकका अनुसार ज्याेती मगर आएकाे दिन मान्छे बढी आउने माैका छाेपी किर्ते टिकट बिक्रि गरेकाे भेटिएकाे र अनुसन्धान नजिक पुगिसकेकाे उल्लेख गरेकाे छ ।

 

 

सम्बन्धित शीर्षक