कृषि बिकाश कार्यलय जुम्लाले ३३ लाखा बरावरको कृषि औजार वितरण

कृषि विकास कार्यालय जुम्लाले किसानहरुलाई ३३ लाखा रुपैयाँको कृषि औजार वितरण गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा कृषि औजार वितरण गरेको हो । कृषि खेतिमा किसानहरुलाई सहजता गर्नको लागि औजारहरु वितरण गरिएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताउनु भयो ।

उहाँका अनुसार कृषि खेतिलाई आधुनिकरण गर्दै उत्पादन वृद्धि गर्नको लागि औजारहरु वितरण गरिएको बताउनु भयो । परम्परागत औजारले समय धेरै लाग्ने र उत्पादन कम हुने भएकाले बजारमा भित्रिएका नयाँ औजारहरु वितरण गरिएको देवकोटाको भनाइ छ । कृषि कर्मलाई सजिलो गर्ने उद्देश्यले कृषि औजारहरु वितरण गरिएको उहाँले जानकारी गराउनु भयो ।

३२ वटा थ्रेसर मेसिन, २२ वटा हाते ट्रयाक्टर, ७८ सेट चाना काट्ने मेसिन, १ सय १८ सेट आरी सिगेचर, २ वटा पावर टिलर, २ वटा लिप्ट पम्पसेट र १८ वटा कनसेलर वितरण गरिएको देवकोटाको भनाइ छ । उहाँले किसानहरुलाई आवश्यक पर्ने कृषि औजारहरु वितरण गरिएको बताउनु भयो । खनजोतका लागि सजिलो गराउन किसानहरुलाई हाते ट्रयाक्टर उपलब्ध गराईएको देवकोटाको भनाइ छ ।

उहाँले भन्नुभयो जुम्लामा उत्पादन हुने स्याउ विक्रि गेरर बचेमा चाना बनाउने उपकरण पनि किसानहरुलाई हस्तान्तरण गरिएको बताउनु भयो । कृषि क्षेत्रको विकास नगरी आर्थिक रुपमा किसानहरु बलिया हुन नसक्ने उहाँको बुझाइ छ । खेति योग्य जीमनमा सिंचाई पुराउन सके उत्पादनमा दोब्बरले वृद्धि हुने उहाँले बताउनु भया । कृषि क्षेत्रको विकास र सिंचाईको सुविधा उपलब्ध गराउन चालु आर्थिक वर्षमा ४१ वटा सिंचाई आयोजना कार्यालयबाट निर्माण हुने उहाँको भनाइ छ ।

सम्बन्धित शीर्षक